काठमाडौं, साउन १३ ।
माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाको नतिजामा चित्त नबुझे पुनर्योग गर्न पाइने भएको छ । साउन २७ गतेसम्म निवेदन दिएर चित्त नबुझेको विषयको बारे पुनर्योग गर्न पाइने गरी बोर्ड शुक्रबार सूचना जारी गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बुधबार एसईईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएका थिए । उनीहरू मध्ये ‘ए’ प्लस ग्रेड स्तरीकृत अंक प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५१२ छन् ।
यस्तै ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८७०, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र ‘डी’ ल्याउने ५८ हजार ६८८ रहेका छन् ।
एक्जाम्टेडतर्फ १६ हजार ५७२ परीक्षार्थी सहभागी थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)