Logo बिहिवार, आश्विन १ गते २०८३
images

नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि पारित

नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि पारित

  • 1.5K
    SHARES

  • नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि पारित

    बुटवल साउन १२ ।

    नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ ।बिहीबार राष्ट्रियसभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । त्यसपछि राष्ट्रियसभाले बहुमतले उक्त विधेयक पारित गरेको हो ।

    यो विधेयकलाई प्रतिनिधिसभाले ६ साउनमा पारित गरेको थियो । यो विधेयक राष्ट्रियसभाले प्रतिनिधिसभामा नै फिर्ता पठाउनेछ र प्रतिनिधिसभाले राष्ट्रपतिसमक्ष पठाउनेछ ।

    राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयन हुनेछ । यो विधेयक पारित भएपछि जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउनेछन् ।

    त्यस्तै बाबुको पहिचान हुन नसकेकाहरुले आमाको नामबाट पनि नागरिकता लिन पाउने भएका छन् ।विधेयक पारित भएपछि गैर आवासीय नेपालीले राजनीतिक र प्रशासनिक अधिकारबाहेकको अधिकार पाउने गरी नागरिकता पाउनेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology