Logo बिहिवार, आश्विन १ गते २०८३
images

एसईई नतिजा : रुपन्देहीमा पाँचजनाले ल्याए जीपीए फाेर,अक्सफाेर्ड,न्यू हाेराइजन र कालिका उत्कृष्ट

एसईई नतिजा : रुपन्देहीमा पाँचजनाले ल्याए जीपीए फाेर,अक्सफाेर्ड,न्यू हाेराइजन र कालिका उत्कृष्ट

  • 14.3K
    SHARES

  • एसईई नतिजा : रुपन्देहीमा पाँचजनाले ल्याए जीपीए फाेर,अक्सफाेर्ड,न्यू हाेराइजन र कालिका उत्कृष्ट

    बुटवल,साउन ११ । 

    माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा रुपन्देहीवाट ५ जना विद्यार्थीले जिपीए फोर ल्याएका छन्।

    जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार रुपन्देहीमा पाँचजनाले ल्याएका हुन् । अक्सफोर्ड माबिका २,होराइजनमाबिका २ जना र कालिका मानवज्ञानबाट १ जनाले जीपीए फोर ल्याएका हुन् ।

    अक्सफोर्डका बिद्यार्थीहरु बिलक्षण भुसाल र दिपेश भुसालले जिपीए फोर ल्याएको बिद्यालयले जनाएको छ । त्यस्तैगरी बुटवल–११ कालिकानगरस्थित न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलबाट २ जनाले जीपीए फोर प्राप्त गरेका हुन्। होराइजनका स्प्रीया ढकाल र बिमर्श ज्ञवालीले जीपीए फोर ल्याएको बिद्यालयले जनाएको छ ।

    भने बुटवलको सामुदायिक विद्यालय कालिका मानव ज्ञान माविबाट १ जना जनाले जीपीए फोर प्राप्त गरेका छन्। कालिकाका छात्र विवेक न्यौपानेले ४.० जीपीए ल्याएको विद्यालयका शिक्षक युवराज कंडेलले नागरिक अनलाइनलाई जानकारी दिए ।

    रुपन्देहीका ३३५ बिद्यालयका १७ हजार ६९३ जना बिद्यार्थी परिक्षामा सामेल भएको जिल्ला शिक्षा इकाई रुपन्देहीले जनाएको छ ।

    कुन प्रदेशमा कति भए उत्तीर्ण ? 

    सबैभन्दा बढी बागमती प्रदेशमा विद्यार्थी उत्तीर्ण भएका छन्। बागमती प्रदेशमा एक लाख सात हजार ४२५ जना उत्तीर्ण भएका छन्। यो कुन उत्तीर्णको २१.६७ प्रतिशत हो। 

    त्यसपछि लुम्बिनी प्रदेशमा धेरै विद्यार्थी उत्तीर्ण भएका छन्।  यस प्रदेशमा ८६ हजार ४८७ उत्तीर्ण भएका छन् । जुन कुल उत्तीर्णको १७.४५ प्रतिशत हो। तेस्रो नम्बरमा प्रदेश नम्बर १ मा ८४ हजार ४९१ विद्यार्थी उत्तीर्ण भएका छन्। 

    चौंथो नम्बरमा मधेश प्रदेशमा ७६ हजार ८४७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यो कुल उत्तीर्णको १५.५ प्रतिशत हो। पाँचौ नम्बरमा सुदूरपश्चिममा ५७ हजार १० विद्यार्थी उत्तीर्ण भएका छन् यो कुल उत्तीर्ण संख्याको ११.५ प्रतिशत हो। 

    छैठौं नम्बरमा गण्डकी प्रदेशमा ४६ हजार १२९ जना विद्यार्थी उत्तीर्ण भएक छन्। जुन कुल उत्तीर्णको ९.३० प्रतिशत हो। सबैभन्दा कम कर्णाली प्रदेशमा ३७ हजार ३६२ जना उत्तीर्ण भएका छन्। जुन कुल उत्तीर्णको ७.५३ प्रतिशत हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology