Logo मंगलवार, श्रावण १२ गते २०८३
images

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित

  • 2.2K
    SHARES

  • माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित

    काठमाडौं,साउन ११ ।

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ। परीक्षा नियन्त्रक अर्जुन रायमाझीले आज एसईईको नतिजा प्रकाशित गरिएको  बताए।

    कक्षा १० मा रहेका पाँच लाख १४ हजार विद्यार्थीमध्ये यसवर्ष चार लाख ९५ हजार सात सय ५१ जनाले एसईई परीक्षा दिएका थिए। गत वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा भएको थियो।

    एसईईमा २२ हजार छ सय ४० जना परीक्षार्थी परीक्षामा अनुपस्थित भएका छन्। ४.५७ प्रतिशत परीक्षामा अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए।

    ०.१ देखि १.२ जिपिएसम्म ल्याउने विद्यार्थी संख्या तीन हजार दुई सय ८० छ। यो ०.६६ प्रतिशत हो। यस्तै ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी संख्या ९ हजार छ सय ३३ छ। १.९४ प्रतिशतले उच्च अंक ल्याएका छन्।

    ‘पहिलेभन्दा नतिजा फरक छैन, सन्तोषजनक नै छ,’ उनले पत्रकारहरूसँग भने, ‘९० नम्बर ल्याउने र १०० नम्बर ल्याउनेको एउटै ग्रेड हुन्छ। उत्कृष्ट नम्बर ल्याउने विद्यार्थी सार्वजनिक गर्ने व्यवस्था छैन।’

    कुन प्रदेशमा कति भए उत्तीर्ण ? 

    सबैभन्दा बढी बागमती प्रदेशमा विद्यार्थी उत्तीर्ण भएका छन्। बागमती प्रदेशमा एक लाख सात हजार ४२५ जना उत्तीर्ण भएका छन्। यो कुन उत्तीर्णको २१.६७ प्रतिशत हो। 

    त्यसपछि लुम्बिनी प्रदेशमा धेरै विद्यार्थी उत्तीर्ण भएका छन्।  यस प्रदेशमा ८६ हजार ४८७ उत्तीर्ण भएका छन् । जुन कुल उत्तीर्णको १७.४५ प्रतिशत हो। तेस्रो नम्बरमा प्रदेश नम्बर १ मा ८४ हजार ४९१ विद्यार्थी उत्तीर्ण भएका छन्। 

    चौंथो नम्बरमा मधेश प्रदेशमा ७६ हजार ८४७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यो कुल उत्तीर्णको १५.५ प्रतिशत हो। पाँचौ नम्बरमा सुदूरपश्चिममा ५७ हजार १० विद्यार्थी उत्तीर्ण भएका छन् यो कुल उत्तीर्ण संख्याको ११.५ प्रतिशत हो। 

    छैठौं नम्बरमा गण्डकी प्रदेशमा ४६ हजार १२९ जना विद्यार्थी उत्तीर्ण भएक छन्। जुन कुल उत्तीर्णको ९.३० प्रतिशत हो। सबैभन्दा कम कर्णाली प्रदेशमा ३७ हजार ३६२ जना उत्तीर्ण भएका छन्। जुन कुल उत्तीर्णको ७.५३ प्रतिशत हो।

    see-5.jpg

    यसरी हेर्न सकिन्छ रिजल्ट :

    SEE.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology