Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पा तिनाउमा भूतखोला सिद्धसरोवर झरना र पार्क,मुख्यमन्त्री केसीले गरे उद्घाटन (फाेटाेफिचर)

पाल्पा तिनाउमा भूतखोला सिद्धसरोवर झरना र पार्क,मुख्यमन्त्री केसीले गरे उद्घाटन (फाेटाेफिचर)

  • 5.3K
    SHARES

  • पाल्पा तिनाउमा भूतखोला सिद्धसरोवर झरना र पार्क,मुख्यमन्त्री केसीले गरे उद्घाटन (फाेटाेफिचर)

    बुुटवल,साउन ९ ।

    पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ भूतखोलामा पर्यटक भित्राउने उद्देश्य सहित सिद्ध सरोबर झरना तथा व्यवस्थित पार्क सञ्चालनमा आएको छ । भूतखोला सिद्धसरोबर झरनाको सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले उद्घाटन गरे । 
    भूतखोलामा रहेको प्राकृतिक झरनास्थलमा विभिन्न संरचनाहरू निर्माण गरेर आकर्षकको केन्द्रको रूपमा विकास गरिएको भूतखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिलकुमारी रोकाले बताइन् ।siddhasarobar.jpg

    वन र प्रदेश सरकारको गरी २५ लाख रूपैयाँको लगानीमा पार्क बनाइएको हो । पार्कको शिरानमा सिद्धसरोबर महादेवको प्राणप्रतिष्ठा पनि गरिएको छ ।

    पार्क र झरना अवलोकन गरी मनोरञ्जन लिनको लागि अब आन्तरिक पर्यटकको लागि २० रुपैयाँ र बाह्य पर्यटकहरुलाई ५० रुपैयाँ टिकटको व्यवस्था गरिएको वनका सचिव सन्तोष शेरचनले जानकारी दिए । झरनामा वार्षिक ३ लाख पर्यटक आउने लक्ष्य लिइएको छ ।

    मुख्यमन्त्री केसीले झरना र पार्कले पर्यटन विकासको लागि गाउँपालिमा ढोका खुलेको बताए । ‘बुटवल नजिकै रहेको यो ठाउँ भारतीयहरुको लागि उचित छ’ केसीले भने, ‘सिद्धबाबामा सुरुङमार्ग बनेपछि दोभान, भुतखोला, लगाएका विभिन्न धार्मिक तथा पर्यटकीय गन्त्व्यमा पर्यटकको आगमन धेरै बढने छ ।’bhut khola park.jpg

    केसीले थपे, ‘नेचुरल झरनालाई बिगार्नु हुँदैन । यो पर्यटन विकासको लागि रिसोर्च हो । यिनीहरु पछि गएर  अनुसन्धान गर्ने केन्द्रको रुपमा पनि विकास हुन सक्छन ।’  कार्यक्रममा लुम्बिनी प्रदेशमा वन तथा वातावरण मन्त्री सुरेन्द्र बहादुर हमालले पर्यटनको विकासबाट लुम्बिनी प्रदेशको आर्थिक समृद्धि हुने बताए । उनले भूतखोला झरना विदेशी पाहुनाको आकर्षक को केन्द्र बन्ने बताए । cm.jpg

    नेकपा माओवादी केन्द्रका प्रदेश सांसद तुलाराम घर्तीमगरसबै अथक प्रयासबाट नै सफल बनेको बताए । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले पालिकालाई पर्यटकीय हव बनाउन आफूहरुले निरन्तर लागिरहेको बताए ।siddha sarobar jharana palpa.jpg

    डिभिजन वन अधिकृत दीपक ज्ञवालीले भूतखोला वन धेरै सम्भावना रहेको भन्दै यसभित्र रहेको प्राकृति स्रोतहरुको उपयोगबाट आर्थिक उन्नती स्थानीयले गर्न सक्ने बताए । प्रकृतीलाइ बचाउँनु नै अहिलेको मुख्य जिम्मेबारी रहेको उनको भनाइ छ ।

    siddha sarobar park.jpgbhut khola park.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology