काठमाडौं, साउन ९ ।
काठमाडौंमा तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार काठमाडौंमा तीनकुनेको कल सेन्टरमा छापा मारेको हो ।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालका अनुसार विशेष सूचनाका आधारमा परिसरको टोलीले सोमबार बिहानदेखि तीनकुनेका विभिन्न स्थानमा छापा मार्ने क्रम जारी रहेको छ ।
यसअघि आइतबार रुपन्देहीको तिलोत्तमा–२ जानकी नगरमा रहेको कल सेन्टरमा प्रहरीले छापा मारेको थियो । ब्लु स्काई बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरमा नौ जना सञ्चालकसहित २१५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)