Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा विवाद : ओली र प्रचण्डबीच ११ दिनपछि बालुवाटारमा छलफल

नेकपा विवाद : ओली र प्रचण्डबीच ११ दिनपछि बालुवाटारमा छलफल

  • 3.1K
    SHARES

  • नेकपा विवाद : ओली र प्रचण्डबीच ११ दिनपछि बालुवाटारमा छलफल

    बुटवल,कार्तिक १५ -

    नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच ११ दिनपछि भेट वार्ता सुरु भएको छ। गत कात्तिक ४ गतेपछि दुई अध्यक्षबीच बालुवाटारमा छलफल सुरु भएको हो।

    नेकपा पार्टीभित्रको विवादित विषय सचिवालय बैठकमा छलफल हुने भएको छ। पार्टीका अध्यक्षद्वयबीच संवाद भएपछि विवादित विषय सचिवालय बैठकमा छलफल हुने भएको हो।

    कर्णाली प्रदेशको विवाद, भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयल र पर्साको बिन्दबासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको निधनको विषय, समसामायिक विषय प्याकेजमा पार्टी सचिवालय बैठकमा छलफल हुने बताइएको हो। 

    तर, सचिवालय बैठक कहिले गर्ने भन्ने विषयमा समिति भने तय भई नसकेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। पार्टीमा देखिएका सबै विवादित विषय सचिवालय बैठकमा एकमुष्ठ हल हुने गरी छलफल गरिने भएको हो। 

    पार्टीमा विवाद बढ्दै गएपछि गत कात्तिक ४ गतेदेखि ओली-प्रचण्डबीच छलफल नै भएको थिएन दुई अध्यक्षबीच छलफल हुन नसकेपछि ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरुेल परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली खुमलटार पुगेका थिए।

    लगातार प्रचण्डलाई ओली निकट नेताहरुले संवादमा बस्न आग्रह गरेपछि शनिबार दुई अध्यक्षबीच छलफल भएको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology