Logo बिहिवार, आश्विन १ गते २०८३
images

नागरिकता विधेयक पारित भएपछि बुटवल र तिलाेत्तमामा काँग्रेसको दीपावली

नागरिकता विधेयक पारित भएपछि बुटवल र तिलाेत्तमामा काँग्रेसको दीपावली

  • 4.7K
    SHARES

  • नागरिकता विधेयक पारित भएपछि बुटवल र तिलाेत्तमामा काँग्रेसको दीपावली

    बुटवल,साउन ७ ।

    प्रतिनिधि सभाबाट नागरिकता सम्बन्धि विधेयक पारित भएपछि नेपाली काँग्रेस बुटवलले दीपावली गरेको छ । विधेयक पारित भएकै राति काँग्रेसले बुटवलको ट्राफिक चोकमा दिपावली गरी खुशियाली मनाएको हो ।

    नेपाली नागरिक भएर पनि नागरिकताबाट बज्चित भएका नागरिकहरूले अब नागरिकता पाउने भएपछि काँग्रेसले दिपावली गरेको जनाएको छ । गठबन्धनको सरकारले संविधानसभाको कार्यान्वयन गर्दै नागरिकता विधेयक प्रतिनिधिसभाबाट पास गरेर सहि निर्णय गरेको नेपाली काँग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाणले बताए । उनले विधेयक पास भएको खुशीयालीमा रूपन्देही भरी विभिन्न कार्यक्रमको आयोजना गर्ने बताए ।

    बुटवल नगर समितिका सभापति तथा उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले अब नेपाली नागरिकले नागरिकता विहिन भएर समस्या झेल्नु नपर्ने बताए । आमाको नाउबाट पनि नागरिकता प्राप्त गर्न सकिने भएकाले अब नेपाली नागरिक भएर पनि नागरिकता विहिन हुनु नपर्ने उनको भनाई छ ।

    नागरिकता सम्बन्धि विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि खुशियालीमा दिपावली गरेको नगर सचिव छाया पोखरेलले जानकारी दिए ।

    यस्तै नेपाली कांग्रेस तिलोत्तमा नगर समिति रुपन्देहीले आज मणिग्राम चोकमा दीपावली गरेको छ।

    nagariktaa bideyak.jpg

    c.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology