Logo बिहिवार, आश्विन १ गते २०८३
images

वीपीको ४० औं स्मृति दिवस : बुटवलको शालिकमा माल्यार्पण

वीपीको ४० औं स्मृति दिवस : बुटवलको शालिकमा माल्यार्पण

  • 3.5K
    SHARES

  • वीपीको ४० औं स्मृति दिवस : बुटवलको शालिकमा माल्यार्पण

    बुटवल,साउन ६ ।

    प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४० औं स्मृति दिवस  शुक्रवार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।bb.jpg

    दिवसका अवसरमा नेपाली काँग्रेस बुटवल नगरसमितिले बुटवलको वीपीचोकमा रहेको शालिकमा माल्यार्पण गरेको छ ।
    माल्यार्पणपछि कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला सभापति रामकृष्ण खांणले वीपीको सिद्धान्तलाई सबैले पालना गर्नुपर्नेमा जोड दिए । bp  salik.jpg

    खांणले वीपीपथमा हिड्न सबै कार्यकर्ताहरुलाई निर्देशन दिए । तिलाेत्तमा नगरप्रमुख समेत रहेका उनले नेपाली राजनीतिका शिखर पुरुष विपी कोइरालाले देखाएको बाटोमा कांग्रेस हिंड्न सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

    बुटवल नगरसभापति खेलराज पाण्डेयले आदर्श र मूल्यको राजनीति चीरकाल पर्यन्त स्मरणीय रहने उल्लेख गरे । बुटवल नगरप्रमुख समेत रहेका पाण्डेयले वीपीकै आदर्श अवलम्बन गरेर अघि बढ्ने बताए  । 

    साे अवसरमा जिल्ला,प्रदेश,तथा नगरका कांग्रेस नेता तथा कार्यकर्ताको बाक्लाे उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नगर सचिव छाँया पाेखरेलले गरेका थिए ।

    साहित्यकारको रुपमा समेत परिचित कोइराला प्रजातान्त्रिक समाजवादका प्रवर्तक मानिन्छन् । ४० बर्षअघि आजकै दिन साउन ६ गते वीपी कोइरालाको देहावसान भएको थियो ।

    bp salik.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology