बुटवल,साउन ५ ।
वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलले निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नेपाल कांग्रेस रुपन्देही जिल्ला सभापति एवम् तिल्लोतमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले आफुले बहुमत नभएका कारण आफुले घाेषणा गरेका धेरै कुरामा सजिलैसंग काम गर्न नपाएको बताए ।भष्ट्राचार नगर्ने र भष्ट्राचारीलाई तत्काल कारवाही गर्ने समेत उनले बताए ।
‘आफ्नो घरको रङ समेत आफुले चाहेको लगाउन नपाउने कस्तो कानुन बनाएको, सबैलाई एउटै रङ मन नपर्न पनि सक्छ त्यसैले घरका छोरा छोरीले भनेको रङ लगाउनु पर्छ अब नगरको कुरा सुन्ने कि छोरा छोरी कुरा सुन्ने तिलाेत्तमाका जनतालाई गारो परेको छ, हामीले करको मापदण्ड घटाउन खोजेका थियौं तर बहुमतका कारण पछि परेका छौ। ’उनले सुनाए ।
नेपाल कांग्रेस रुपन्देही जिल्ला निवर्तमान उपसभापति एवम सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले जनताको प्रथामिकता अनुसार काम गर्न जरुरी छ रहेको बताए ।
‘गाउँका बिधार्थी बिधालय गएका छन कि नाई गएका छैनन् भने किन र के कारण गएका छैनन् खोजेर समाधान गर्न पर्छ, विपि कोइरालाले सधै गाउँका किसानको वारेमा कति चिन्तित हुनुहुन्थ्यो त्यसैले नि हामीले काम गर्नुपर्छ, जनतासग जोडिएर जनताको मुहारमा हाँसो ल्याउने काम गर्नुपर्दछ, काम ठुलो र सानो भन्दा पनि जनताको आवश्यकता के हो त्यसमा काम गर्नुपर्छ र दीगो हुन्छ। ’उनले भने ।
बुटवल उपमहानगरपालिका नगर प्रमुख एवं नेपाली काग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डेयले वीपीकै कारण देशको आमुल परिवर्तन भएको बताए ।
उनले भने ‘त्यस्तै हामीले नेपाली कांग्रेसको जग खडा गर्नु पर्छ बुटवललाई र समग्र रुपन्देहीलाई नै, निर्माण व्यवसायी हामीबाट टाडिरहेका छन जहा गएपनि हामी उहाँहरुलाई खोजेर ल्याएर भएपनि काम सम्मान गर्नेछौ, हामीले देखिने गरि काम गर्न जरुरी छ, प्रचार भन्दा नि काम गर्न जरुरी छ ।’
कार्यक्रम नेपाली कांग्रेस कार्यवाहक सभापति रुपन्देही क्षेत्र नं २ पर्षुराम ढकाल र नेपाल कांग्रेस लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारी शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम विपि कोइराला अध्ययन प्रतिष्ठान बुटवलका अध्यक्ष युवराज गिरी अध्यक्षता एवम प्रतिष्ठानका सचिव दिनानाथ गिरीको संचालन एवम प्रतिष्ठानका उपाध्यक्ष बिमलराज भट्टराई स्वागतमा रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)