Logo बुधवार, श्रावण १३ गते २०८३
images

आज चट्याङसहित वर्षा हुने

आज चट्याङसहित वर्षा हुने

  • 1.6K
    SHARES

  • आज चट्याङसहित वर्षा हुने

    बुटवल,साउन ५ ।

    आज मनसुनी प्रणाली थप सक्रिय भएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा भन्दा उत्तरतिर अवस्थित रहेकोले मनसुन थप सक्रिय बन्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    विहीबार विहानै देखि देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यता शुक्रबार देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, श्रावण ५ २०७९०८:५२:५०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology