Logo बिहिवार, आश्विन १ गते २०८३
images

आज मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने

आज मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने

  • 1.4K
    SHARES

  • आज मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने

    बुटवल,साउन ४ ।

    मंगलबार देखि थप सक्रिय बनेको मनसुन प्रणाली बुधबार देखि थप देशैभर सक्रिय बनेको छ ।

    हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पश्चिमी भू–भागमा सरदरको आसपास अवस्थित रहेको छ। देशका केही स्थानहमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ।

    आज ९बुधबार० देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेस प्रदेशका थोरै स्थानहरूमा  भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूर पश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा  भारी वर्षाको सम्भावना छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology