Logo बुधवार, श्रावण १३ गते २०८३
images

एसईईको नतिजा सोमबार आउने

एसईईको नतिजा सोमबार आउने

  • 1.3K
    SHARES

  • एसईईको नतिजा सोमबार आउने

    काठमाडौं, साउन ४  ।

    यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । 

    उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेकाले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम सकिने क्रममा रहेको बोर्डले जनाएको छ ।

    प्राप्ताङ्क इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको जनाएको छ । दुई हजार सात परीक्षा केन्द्रबाट चार लाख ८८ हजार ७४२ परीक्षार्थीले परीक्षा दिएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology