Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एकीकृत समाजवादीको निर्णय : गठबन्धन कायम राख्दै बाम एकताको लागि पहल गर्ने

एकीकृत समाजवादीको निर्णय : गठबन्धन कायम राख्दै बाम एकताको लागि पहल गर्ने

  • 1.5K
    SHARES

  • एकीकृत समाजवादीको निर्णय : गठबन्धन कायम राख्दै बाम एकताको लागि पहल गर्ने

    बुटवल साउन ३ । 

    नेकपा एकीकृत समाजवादीले बाम एकताको लागि पहल गर्ने भएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बाम एकताको लागि पहल गर्ने निर्णय गरेको हो ।

    बैठकले वर्तमान ५ दलीय गठबन्धन कायम राख्दै बाम एकताको लागि पहल गर्ने निर्णय गरेको महासचिव डा। बेदुराम भुसालले जानकारी दिए ।

    यस्तै बैठकले वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने, समाजवाद सम्बन्धि दस्तावेज तयार गर्ने र संगठन सुदृढीकरण अभियानलाई आगाडि बढाउने निर्णय गरिएको महासचिव भुसालले जनाए ।

    यस्तै बैठकले असार १३ र १४ गते बसेको पार्टीको केन्द्रीय परिषदको प्रथम बैठकबाट पारित कार्ययोजना कार्यान्वन गर्ने सम्बन्धमा छलफल पनि गरेको छ ।   

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology