Logo बुधवार, श्रावण १३ गते २०८३
images

पत्रकारहरुमाथि आक्षेप लगाएर मिडीयावाजी गरेको प्रति युनियनको आपत्ती,प्रमाणित गर्न चुनौती

पत्रकारहरुमाथि आक्षेप लगाएर मिडीयावाजी गरेको प्रति युनियनको आपत्ती,प्रमाणित गर्न चुनौती

  • 5.1K
    SHARES

  • पत्रकारहरुमाथि आक्षेप लगाएर मिडीयावाजी गरेको प्रति युनियनको आपत्ती,प्रमाणित गर्न चुनौती

    बुटवल,साउन ३ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवी चौधरीले आफनो गल्ती कमजोरी लुकाउन पत्रकारहरुमाथि गम्भिर आरोप लगाएको प्रति प्रेस युनियनले आपत्ती जनाएको छ ।

    गत साउन १ गते नगरसभा स्थागित भएपछि आन्दोलनमा उत्रेकी उपप्रमुख चौधरीले देखाएको अभद्र व्यवहारबारे समाचार लेख्ने पत्रकार प्रति नियोजित रुपमा उनले आरोप लगाएकी हुन् ।  

    आइतबार रुपन्देहीको मणिग्राममा नगरसभा स्थगित भएलगत्तै चौधरीकै नेतृत्वमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु आन्दोलनमा उत्रेका थिए । सो क्रममा उपप्रमुख चौधरी अर्मयादित रुपमा प्रस्तुत हुँदै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाइ तँ नै भनेर गाली गलोजमा उत्रेपछि काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु त्यसको प्रतिवाद गरेका थिए । सो क्रममा धकेलाधकेलको स्थित सिर्जना भएको थियो । स्थीती तनावग्रस्त हुन थालेपछि प्रहरी समेत परिचालित गर्नु परेको थियो । 

    सोही घटनाको समाचार संकलन गर्न पुगेका नागरिक दैनिकका लुम्बिनी प्रदेश संयोजक रेखा भुसाल र राज्य टेलिभिजन बुटवलका समाचार प्रमुख यमलाल भुसाललाइ उनले अभद्र व्यवहार गरेकी हुन । राज्य टिभिका पत्रकार यमलाल  भुसालले बोकेको झोलामा नगरपालिकाको माइन्युट लुकाएको भन्दै उपमेयर चौधरीले जबरजस्ती खोसेकी थिइन ।

    सोही घटनालाइ अतिरन्जित गर्दै आफ्नो कमजोरी लुकाउन उनले सोमबार पत्रकार यमलाल भुसाल र नागरिककर्मी रेखा भुसाल समेतलाइ पार्टीका पत्रकार भन्ने आक्षेप लगाउँदै मिडीयावाजी गरेकी छन । चौधरीले पत्रकारहरु प्रयोग गरी नगरपालिकाको माइन्युट लुकाउन खोजेको भन्ने गम्भिर आरोप लगाउँदै मिडीयाबाजी गरेकी हुन । उपप्रमुख जस्तो जिम्मेबार पदमा आशिन व्यक्तिले सत्य तत्थ्य समेत बुझने प्रयास नगरी पत्रकारमाथि अभ्रद व्यवहार गर्ने र आफना कामजोरी लुकाउन केही मिडीयाको सहारा लिएर भ्रामक समाचार प्रकाशित गरेको प्रति पत्रकारहरुले आपत्ती जनाएका छन् । 

    नेपाल प्रेस युनियन रुपन्देहीले  समाचार संंकलनमा पुगेका प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुसाल र  सल्लाहकार यमलाल भुसाललाइ हुलहुज्जतमा पारेर गलत आक्षेप लगाइ कुनियतपुर्ण ढंगबाट समाचार बनाइ पीतपत्रकारिता गर्ने र  भ्रामक समाचार प्रकाशित गर्नेहरुलाइ पत्रकार द्धयमाथि लगाइएको आक्षेप प्रमाणित गर्न चुनौती दिएको छ ।

    ‘पत्रकार द्धय माथि आक्षेप लगाउनु पुर्व सम्बन्धित पक्षलाइ सोध्ने चेष्टा समेत नगरी एक पक्षीय ढंगबाट बिसौं बर्षदेखि व्यवसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरुको चरित्र हत्याको कुचेष्टा गर्नेहरुलाइ बेलैमा सच्चिन आग्रह गर्दछौं’ युनियनका सचिव कल्पना तिवारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

    स्थानीय सरकारका जिम्मेबार पदाधिकारीहरुले पत्रकारिताको व्यवसायिक आचारणको सम्मान गर्नुपर्ने माग युनियनले गरेको छ । 

    union.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology