Logo बिहिवार, आश्विन १ गते २०८३
images

दाङका ७० बर्षीय कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

दाङका ७० बर्षीय कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

  • 2.2K
    SHARES

  • दाङका ७० बर्षीय कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

    दाङ,कात्तिक १५ ।

    दाङ घोराहीका एक कोरोना संक्रमित पुरुषको शनिवार विहान बाँकेमा मृत्यु भएको छ ।

    घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० बर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिवार विहान ५ बजे मृत्यु भएको छ ।

    बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका उनलाई कात्तिक ११ गते आइसियूमा भर्ना गरिएको थियो । आशंका लागेर स्वाब परीक्षण गर्दा उनलाई कात्तिक १२ गते बेलुका कोरोना संक्रमन पुष्टि भएको थियो ।

    उनको स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको फोकल पर्सन श्रेष्ठले नागरिक अनलाइनलाइ बताए । यो संगै बाँके जिल्लामा बाहिरी जिल्लावाट उपचारका लागि लगिएका १८ जनाको मृत्यु भएको छ ।

    यो अवधिसम्म बाँके जिल्लाका मात्रै थप ३० जनाको मृत्यु भइसकेको छ । सबै गरेर हालसम्म बाँकेमा ४८ जना संक्रमितको मृत्यु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology