Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुग्याे,होम आइसोलेसनमा ७ हजार २८० जना

नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुग्याे,होम आइसोलेसनमा ७ हजार २८० जना

  • 2.4K
    SHARES

  • नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुग्याे,होम आइसोलेसनमा  ७ हजार २८० जना

    बुटवल,भदाै १६-

    नेपालमा पछिल्लो २४ घन्टामा थप १०६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

    योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार ५२९ जना पुगेको छ। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४८१ जना कोरोना संक्रिमत थपिएका छन्।

    योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ हजार २ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

    काठमाडौंमा ३९०, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।हाल १८ हजार ११२ जना सक्रिय संक्रमित छन् भने संस्थागत आइसोलेनमा १० हजार ८३२ छन्।

    होम आइसोलेसनमा रहेनको संख्या ७ हजार २८० जना छन्।  १२ हजार ८८ जनाको पिसिआर आज परीक्षण भएको छ। हाल ७ हजार ३९० जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित २२ हजार १७८ निको भएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology