Logo मंगलवार, श्रावण १२ गते २०८३
images

१६५ मध्ये कम्तीमा ९० सिट कांग्रेसले लिनेगरी गठबन्धन दलबीच चुनावी तालमेल हुने

१६५ मध्ये कम्तीमा ९० सिट कांग्रेसले लिनेगरी गठबन्धन दलबीच चुनावी तालमेल हुने

  • 1.8K
    SHARES

  • १६५ मध्ये कम्तीमा ९० सिट कांग्रेसले लिनेगरी गठबन्धन  दलबीच चुनावी तालमेल हुने

    काठमाण्डौं,साउन ३ ।

    नेपाली कांग्रेसले स्थानीय तहजस्तै आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धन आबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

    ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमार्फत कांग्रेसले गठबन्धनआबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

    ‘संविधान रक्षा र लोकतन्त्र थप सुदृढीकरणका गर्दै जनताको समुन्नतिको सपना स्थिर सरकारमार्फत सम्बोधन गर्न केन्द्रीय समिति बैठक सत्ता गठबन्धनमा रहेका दलसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढिने’ कांग्रेस निर्णयमा उल्लेख छ ।

    एक केन्द्रीय सदस्यले ‘प्रतिनिधि सभा निर्वाचन क्षेत्रअन्तर्गत १ सय ६५ सिटमा कम्तीमा ९० सिट कांग्रेसले लिनेगरी गठबन्धन आबद्ध दलबीच तालमेल प्रयास गर्नेगरी’ निर्णय गरिएको छ । ‘प्रतिनिधि सभा निर्वाचन क्षेत्रअन्तर्गत १ सय ६५ सिटमा कम्तीमा ९० सिट कांग्रेसले लिनेगरी चुनावी तालमेल गर्नेगरी नेताबाट धारणा आयो,’ बैठकपछि ती केन्द्रीय सदस्यले भने, ‘सो विषयमा अब गठबन्धनमा छलफल हुनेछ ।’

    कांग्रेसले निर्णयमा तालमेल गर्दा संविधान कार्यान्वयन, आर्थिक सामाजिक रूपान्तरण र वैदेशिक सम्बन्धलगायत विषयमा ‘न्यूनतम साझा धारणा’ निर्माण गर्नुपर्ने उल्लेख गरेको छ ।

    ‘तालमेल गरिरहँदा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावना दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलसँग संवादमार्फत निष्कर्षमा पुग्ने,’ कांग्रेस निर्णयमा उल्लेख छ ।

    गत २७ असारबाट सुरु बैठकले उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक पूर्णबहादुर खड्काद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन र पार्टी प्रवक्ता एवं स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति संयोजक डा. प्रकाशशरण महतद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको प्रतिवेदन अनुमोदनसमेत गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology