बुटवल,साउन २ ।
६० औं ईन्जिनियर्स दिवसका अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशले बिभिन्न प्रतियोगिता आयोजना गरिरहेको छ ।
साउन ३ गते परेको एशोसिएसनको स्थापना दिवसको पहिलो कार्यक्रम स्वरुप प्रभातफेरि र ईन्जिनियरहरुको बिचमा डबल्स ब्याटमिन्टन प्रतियोगिता , दोस्रो कार्यक्रममा फुटसल,तेस्रोमा रक्तदान र भोलि ३ गते समापन तथा स्थापना दिवसको मूल समारोह हुदैछ ।
२३ टीमको सहभागिता रहेको व्याटमिन्टन प्रतियोगितामा ईन्जिनीएर गोपीराज पुन र सुवर्ण केसीको टीमले उपाधी कब्जा गरे ।त्यस्तै ईन्जिनिएर महेश्वर लम्साल र अमृत खनाल दोस्रो, ईन्जिनीएर किशोर चौधरी र देवेन्द्र चौधरी तथा तिलक गाहा र अर्जुन पाण्डेको टीम तेस्रो भएको थियो ।
१६ टिमको सहभागिता रहेको फुटसल प्रतियोगितामा एभरग्रिन एफसी पहिलो र लेक टीम ए दोस्रो भएको कार्यक्रम संयोजक अर्जुन गिरिले नागरिक अनलाइनलाइ बताए ।
फुटसल उद्घाटन समारोहमा एन्फा केन्द्रीय उपाध्यक्ष कुमार केसी,लुम्बिनी प्रदेश खेलकुद बिकास परिषदका सदस्य सचिब जयप्रकाश भट्टराइ,लोक पुन,इ दुजेन्द्र बस्नेत ,इ कुशुम ज्ञवाली,इ शैलेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए । लुम्बिनीमा ६ सय बढी इन्जिनियर रहेको सचिव गोबिन्द पंगेनीले बताए । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)