बुटवल, साउन २ ।
अत्याधिक गर्मीका कारण रुपन्देहीको सिद् गर नगरपालिकामा रहेका सबै बिद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले ७ दिन गर्मी बिदा दिने निर्णय गरेको हो ।
अत्याधिक गर्मीले विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले गर्मी विदा दिएको न शिक्षा अधिकृत जाह्न्वी पाण्डेले बताउनुभयो ।
नगरपालिकाका शिक्षा अधिकृत जाह्न्वी जानह्वी पाण्डेले जारी गरेको सूचनामा भनिएको छ –‘वर्षायामको समय भएको तर, पानी नपरेका कारण अत्याधिक गर्मी भई विद्यार्थीहरुको स्वास्थ्यमा नै प्रतिकुल असर पर्न सक्ने हुँदा वर्षे विदाबाट कट्टी गर्ने गरी २०७९-४-३ देखि २०७९-४-९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण संस्थागत तथा धार्मिक विद्यालय विदा गर्नु हुन अनुरोध छ ।’

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)