Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप ४५७ जनामा सङ्क्रमण,एकको मृत्यु

थप ४५७ जनामा सङ्क्रमण,एकको मृत्यु

  • 1.3K
    SHARES

  • थप ४५७ जनामा सङ्क्रमण,एकको मृत्यु

    बुटवल, साउन २ ।

    नेपालमा कोरोना सङ्क्रमणदर दैनिक बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो समयमा एकजना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।

    मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीका अनुसार चार हजार ६५१ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४५७ जनामा कोरोना पुष्टि भएको हो ।

    जसमा दुई हजार ३४१ जनाको आरटी पीसीआर गर्दा ३८६ जनामा र दुई हजार ३१०  जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा सङ्क्रमण देखिएको छ ।

    परीक्षण गरिएकामध्ये ९.८२ प्रतिशतमा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी १६३ जना काठमाडौंमा रहेका छन् । त्यसैगरी, भक्तपुरमा १० र ललितपुरमा ४५ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

    २४ घण्टामा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ९८ हजार नौ सयजनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७७६ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । शून्य सङ्क्रमित भएका जिल्ला आठ छन् । काठमाडौंमा एक हजार १३, भक्तपुरमा २८,ललितपुरमा ९२ जना सक्रिय सङ्क्रिमत रहेका छन् ।

    सक्रिय सङ्क्रमितमध्ये एक हजार ७०१ जना होम आइसोलेसनमा, ७५ जना अस्पतालमा उपचाररत छन् । अस्पतालमा उपचाररत बिरामीमध्ये १५ जना आइसियू र एकजना भेन्टिलेटरमा छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology