बुटवल,साउन १ ।
रूपन्देहीको तिलाेत्तमाकाे चाैथाे नगरसभा बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ । ९० सदस्यीय जनप्रतिनिधि रहेकाे सभामा आइतबार ४२ जनाकाे मात्रै हाजिरी भएपछि पुन: स्थगित भएको हाे ।
बैठक स्थगितपछि एमालेबाट निर्वाचित जनप्रतिनिधि नाराबाजी गरेका छन् । अहिले उनीहरूले नाराबाजी र अभद्र व्यवहार प्रदर्शन गरिरहेका छन् ।
उपमेयर जागेश्वरी चाैधरीले सभाहल नजिक आफ्ना निकटका जनप्रतिनिधि जम्मा गरेर कांग्रेस मुर्दाबाद,कांग्रेसका हाकिम मुर्दावाद , राजिनामा दे लगायतका नारा लगाएका हुन् । उपमेयर चाैधरीले हाकिमलाई तँ नै भनेर गाली नै गरेपछि कांग्रेसबाट निर्वाचित वडाध्यक्षले आपत्ति जनाएका छन् ।
बैठक स्थगित भए लगत्तै नगर प्रमुख रामकृष्ण खांण र प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली कार्यालय जानका लागि निस्किने क्रममा एमालेले घेराबन्दी गरेर नाराबाजी गरेपछि स्थिति तनावग्रस्त भएको छ । उनीहरू सुरक्षित हुनका लागि हलमा पुगेका थिए ।
साेहि हलमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू पुगेर हुलदंगा गरेपछि प्रहरीकाे बाक्लाे उपस्थिती रहेकाे छ । यसअघि असार ३१ गते नगरसभाकाे बजेट पास गर्न बसेकाे बैठकमा उपमेयर चाैधरीका कारण बैठक बस्न २ घण्टा ढिलाई भएकाे र गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हाे ।
बजेटसभामा एकमात्र एजेन्डा बजेट पास गर्ने भएपनि एमालेले भने उपसमितिकाे पनि एजेन्डासंगै लैजान भनेपछि बिबाद चुलिएको हाे ।
तिलाेत्तमाकाे कार्यपालिकाले गठन गर्ने विभिन्न उपसमितिमा एमालेले बहुमतकाे दम्भ देखाउदै एकलाैटि गर्न खाेजेपछि शुरू देखिनै बिबाद उत्पादन भएको हाे तर नगरप्रमुख खांणले भने समितिहरू सहमतिका आधारमा समाबेशी र सबैलाई समेटेर बनाउनुपर्ने बताएका छन् । आज स्थगित बैठक भाेलि बस्नेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)