Logo बिहिवार, आश्विन १ गते २०८३
images

 पर्वतमा करेन्ट लागेर वडा सदस्य गुरुङको मृत्यु

 पर्वतमा करेन्ट लागेर वडा सदस्य गुरुङको मृत्यु

  • 1.6K
    SHARES

  •  पर्वतमा करेन्ट लागेर  वडा सदस्य गुरुङको मृत्यु

     पर्वत,साउन १ ।

    पर्वतमा करेन्ट लागेर एक वडा सदस्यको मृत्यु भएको छ। 

    जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षीय दीपक गुरुङको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो। गुरुङ गत स्थानीय तह निर्वाचनमा वडा सदस्यमा विजयी हुनुभएको थियो।

    ३९ वर्षीय गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो। 

    मृतकको शव परीक्षणका लागि पर्वत अस्पतालमा ल्याइएको छ। कपडा सुकाउने तारमा विद्युतको करेन्ट प्रवाह भएकाले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। मृतक गुरुङका दुई छोरी र एक छोरा र श्रीमती हुनुहुन्छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology