Logo बिहिवार, आश्विन १ गते २०८३
images

६० औं ईन्जिनियर्स दिवस : ब्याटमिन्टनको उपाधी गोपीराज र सुवर्णको पोल्टामा 

६० औं ईन्जिनियर्स दिवस : ब्याटमिन्टनको उपाधी गोपीराज र सुवर्णको पोल्टामा 

  • 3.1K
    SHARES

  • ६० औं ईन्जिनियर्स दिवस : ब्याटमिन्टनको उपाधी गोपीराज र सुवर्णको पोल्टामा 

    बुटवल, असार ३२।

    नेपाल इन्जिनियर्स यशोसिएसन लुम्बिनी प्रदेशले ६० औं ईन्जिनियर्स दिवस विभिन्न खेलकुदका प्रतियोगिता आयोजना गरी मनाउन शुरु गरेको छ । साउन ३ गते परेको एशोसिएसनको स्थापना दिवसको पहिलो कार्यक्रम स्वरुप ईन्जिनियरहरुको बिचमा डबल्स ब्याटमिन्टन प्रतियोगिता आयोजना गरी कार्यक्रमको शुभारम्भ गरिएको छ ।

    व्याटमिन्टन प्रतियोगितामा २३ टीमको सहभागिता रहेको थियो । प्रतियोगितामा  ईन्जिनीएर गोपीराज पुन र सुवर्ण केसीको टीमले उपाधी कब्जा गरेको छ । त्यस्तै ईन्जिनीएर महेश्वर लम्साल र अमृत खनाल दोस्रो, ईन्जिनीएर किशोर चौधरी र देवेन्द्र चौधरी तथा तिलक गाहा र अर्जुन पाण्डेको  टीम तेस्रो भएको प्रमुख रेफ्रि अर्जुन कार्कीले बताउनु भयो । त्यस अघि यशोसिएसन कार्यालयबाट निस्केको ¥यालीले बुटवल बजार परिक्रमा गरि कार्यालयमा पुगेर समापन भएको थियो ।

    यस्तै शनिबार नै ईन्जिनियरहरुको बिचमा डबल्स ब्याटमिन्टन प्रतियोगिता हुने प्रदेश अध्यक्ष शैलेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।
    उहाँका अनुसार साउन १ गते फुटसल प्रतियोगिता हुनेछ । प्रतियोगितातामा ईन्जिनियरहरुकै २३ टिम सहभागी रहेका छन । यस्तै २ गते रक्तदान कार्यक्रम र ३ गते मुल समारोह हुनेछ । 

    लुम्बिनी प्रदेशको भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचिव ईन्जिनियर अमृत श्रेष्ठले ईन्जिनियरहरुले निर्माण गर्ने मात्रै नभएर अन्य १० बढी बिधामा काम हुने गरेको बताउनु भयो। उनले समाज परिवर्तन ल्याउने भुमिका ईन्जिनियरकै कारणले मात्रै भएको बताउदै कुराहरु बाहिर नआएको गुनासो ग र्नु भयो । 

    नेपाल इन्जिनियर्स यशोसिएसनका ब्याटमिन्टन खेलाडीलाई  जिल्ला ब्याटमिन्टन  संघ रुपन्देहीका सचिव दीप आचार्यले  आफ्नो सोमानी कम्पनीको खेलकुद डेस हस्तान्त्ररण गर्नु भएको थियो । लुम्बिनीका १२ जिल्लाबाट १६ सय बढी इन्जिनियर रहेको जानकारी दिनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology