Logo बिहिवार, आश्विन १ गते २०८३
images

खेलकुद विकास समिति रुपन्देही : अध्यक्ष हरि क्षेत्री लगायत पदाधिकारीद्वारा पदभार ग्रहण

खेलकुद विकास समिति रुपन्देही : अध्यक्ष हरि क्षेत्री लगायत पदाधिकारीद्वारा पदभार ग्रहण

  • 3.5K
    SHARES

  • खेलकुद विकास समिति रुपन्देही : अध्यक्ष हरि क्षेत्री लगायत पदाधिकारीद्वारा पदभार ग्रहण

    बुटवल, असार ३२।

    रुपन्देही जिल्ला खेलकुद विकास समितिमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले शुक्रबार एक समारोहका बिच नवनिर्वाचित अध्यक्ष भुपेन्द्र बहादुर थापा (हरि), पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाएका छन ।

    समितिको उपाध्यक्षमा जय बहादुर सुनुवार, कोषाध्यक्ष परागदास गोर्खाली, सदस्यमा पशुपति उपाध्याय, राम बहादुर थापा, अर्जुन क्षेत्री, रमेश थापा, राधिका चौधरी, रिता पाण्डे खत्री चयन भएका छन ।

    समितिका नवनिर्वाचित अध्यक्ष भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले खेलकुदको विकासमा सबै क्षेत्रलाई हातेमालो गरेर अघि बढ्ने बताए । पुल तथा स्नुकर संघ, फुटबल संघलगायत धेरै खेलमा आवद्ध हुँदै समितिको नेतृत्वमा आएको भन्दै उनले सबै खेललाई साझा रुपमा लिएर विकास गर्ने बताए । खेलकुद बुझेका आएका टिम भएकोले पनि कार्यालयदेखि खेल क्षेत्रको विकासमा समेत परिवर्तन ल्याउने उनले प्रतिवद्घता जनाएका छन ।

    कुनै पनि क्षेत्रमा नेतृत्व सक्षम नभए सफलता नमिल्ने भन्दै उनले योजना र कार्यक्रमलाई ब्यवस्थित बनाएर लैजाने बताए । 
    कार्यक्रममा परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले लुम्बिनी प्रदेश खेल पर्यटनको सम्भावना बोकेको क्षेत्र भएको भन्दै बताए । नितिगत र ऐन कानुनमा रहेर जिल्लालाई सहयोग गर्ने उनले प्रतिवद्घता जनाए । खेलकुदलाई हेर्ने दृष्टिकोण अझै पनि पुरानै शैली र ढर्राबाट हेरिएको दुखेसो गरे । खेल वर्तमान अवस्थामा पर्यटनको महत्वपुर्ण पाटो भएको भन्दै उनले साहसिक पर्यटनको रुपमा परिचय बनाएको उनले बताए ।

    खेलकुदमा सफलता पाउन संरचना, खेलकुद गतिविधि र प्रशिक्षण जरुरी रहने उनले बताए । खेलमा हार र जित दुबै सिकाउने भन्दै यसले ब्यक्तिको ब्यक्तिगत विकासमा समेत जोडिएको उनले बताए । खेल राष्ट्रियतासंग जोडिएको समेत बताए । 
    कार्यक्रममा प्रशिक्षक चन्द्रकान्त आचार्यले लामोसमय खेल क्षेत्रमा योगदान दिएका खेल सम्बद्घ कार्यालय र प्रशिक्षकहरुलाई अवस्था दयनिय रहेको बताए ।

    केन्द्रकृत मानसिकता हाबि हुदा खेल र खेलाडीको क्षमता विकास रोकिएको उनले बताए । रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यबाहक सचिव राजेन्द्र श्रेष्ठले ४ कठ्ठा १९ धुर जग्गामा पुर्वाधार विकास भएको ठाउमा धेरै विद्याका खेलहरु खेलाउन कठिनाई भैरहेको बताए। जिल्ला खेलकुद गतिविधिमा सहभागी भई राम्रो नतिजा ल्याउन सफल भएको भन्दै थप पुर्वाधार विकासमा जोड दिनुपर्ने बताए । 

    कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका कार्यालय प्रमुख महेश चन्द, सदस्य नरेन्द्र सोमरे, कराते प्रशिक्षक माधव घिमिरेले खेल विकासमा टेवा मिल्ने गरि काम गर्न सुझाव दिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology