Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राहत वितरणमा दलीय भागवण्डा,नवलपरासीमा दुई पक्षबीच झडप

राहत वितरणमा दलीय भागवण्डा,नवलपरासीमा दुई पक्षबीच झडप

  • 1.4K
    SHARES

  • राहत वितरणमा दलीय भागवण्डा,नवलपरासीमा दुई पक्षबीच झडप

    नवलपरासी,असार ३२ ।

    राहत वितरणमा दलीय भागवण्डा गरिएपछि नवलपरासीमा दुई पक्षबीच झडप भएको छ । झडपका कारण १८ जना घाइते भएका छन् । नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ मा विपन्नहरुले पाउने राहतमा नवलपरासीका जनप्रतिनिधिहरुले दलीय आधारमा भागबण्डा गरेपछि विवाद उत्पन्न भएको हो ।

    दलीय भागबण्डामा कसरा नमिलेपछि उत्पन्न विवादका कारण एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । जनप्रतिनिधिबीचको विवाद बाहिर आएपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार घाइते १८ मध्ये ६ जनाको अहिले लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । घाइते हुनेमा कांग्रेसका ८ र एमालेका १० जना रहेको प्रहरीले जनाएको छ । दुई पक्षले इट्टा र ढुंगा प्रहार गर्दा उनीहरु घाइते भएका हुन् । टाउकोमा चोट लागेका उनीहरुको अवस्था भने सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

    कोरोनाबाट प्रभावित अति विपन्नका लागि संघीय सरकारबाट गाउँपालिकाको वडा नम्बर ५ मा आएको रकम वितरणका लागि आएको नाममा विवाद हुँदा भएको कुटाकुटमा उनीहरु घाइते भएका हुन् । रकम वितरणमै विवाद हुँदा चार दिनदेखि बन्द भएको अर्को वडा ९वडा नं २० को कार्यालय अहिलेसम्म खुल्न नसकेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । कोटा लिएर रकम वितरण हुँदा वास्तविक विपन्नहरु रकम पाउनबाट बञ्चित हुने देखिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, आषाढ ३२ २०७९०१:५१:११

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology