Logo मंगलवार, श्रावण १२ गते २०८३
images

६० किलोमिटर लामो बिजि बेकर्स बुटवल कोरा २०२२ शुरु,१५० जना राइडर सहभागि

६० किलोमिटर लामो बिजि बेकर्स बुटवल कोरा २०२२ शुरु,१५० जना राइडर सहभागि

  • 1.5K
    SHARES

  • ६० किलोमिटर लामो बिजि बेकर्स बुटवल कोरा २०२२ शुरु,१५० जना राइडर सहभागि

    बुटवल,असार ३२ ।

    बिजि बेकर्स बुटवल कोरा २०२२ शुरु भएको छ । बुटवल कोरा २०२२ को लुम्बिनी प्रदेश खेलकुद बिकास समितिका सदस्य सचिब जयप्रकाश भट्टराइले बुटवलको कालिका मानवज्ञान माबिबाट रिबन काटेर शुभारम्भ गर्नुभयो  । सो अबसरमा बोल्दै भट््राइले साइक्लिङ,पर्यटन र स्वास्थ्यसंग प्रत्यक्ष जोडिने बताउनुभयो ।

    उहाले कोरा मार्फत् धार्मिक ,ऐतिहासिक ,पुरातात्वबिक स्थलहरुके प्रचारप्रसारमा र वातावरणमा समेत सकारात्कम भूमिका रहने बताउनुभयो   ।
    बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले रुपन्देहीका ह्याप्पी साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, बुटवल साईक्लिङ ग्रुप, साईकल साथी सैनामैनाका साथै नवलपरासी जिल्ला साईक्लिङ संघको समेत सहकार्य रहेको जानकारी दिनुभयो । 
    धार्मिक स्थलहरुको पहिचान, एकता र सामाजिक भावना विकास गर्ने पवित्र चाडका रुपमा रहेको उहाको भनाइ छ ।
    दैनिक जीवनमा साईकलको बढीभन्दा बढी प्रयोग गर्नसके यसबाट मानिसको स्वस्थ्य र पर्यावरण जोगाउन योगदान दिने रुपन्देही जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिशेक भारीले बताउनुभयो । करीब ३ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।

    butwal cora 2022 (5).jpg
    कोराको मुल मर्म अनुसार सामाजिक क्षेत्र कोरामार्फत योगदान गर्दै आएको भेषराज गैरको भनाइ छ । कोरा कार्यक्रम केवल साईकल ईभेन्टमात्र नभई यो साईकिलेहरुका लागि ठूलो पर्व भएको भन्दै उहाले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताउनुभयो । रुपन्देही जिल्ला साईक्लिङ संघका सदस्य तथा बुटवल साईक्लिङ क्लबका सदस्य स्वस्तिक श्रेष्ठले कोराको महत्व र कार्यक्रमबारे प्रकाश पार्दै बुटवलको संस्कृति कोरा बन्दै गएको बताउनुहुन्छ । साईकलमार्फत पर्यटन प्रवर्द्धनको अभियानमा यस क्षेत्रका साईकिलेहरु लागेको उहाले  जानकारी दिनुभयो ।

    बुटवलको कालिका मानव ज्ञान माविबाट शुरु हुने कोरा २०२२ को यात्रा मिलन चोक, भाटभटेनी सुपर मार्केट, हिलपार्क, सिद्धेश्वरी मावि, शिवनगर सामुदायिक वन, लडियाबास, मिलनचोक, पाल्पाली टोल, भलुही, देवदह मेडिकल कलेज, भुपुसैनिक, शिवपुर, ४ नम्बर, मणिग्राम, गोरकट्टा, फर्साटिकर, कपरकट्टी ताल (मिनी फेवाताल), नरेनापुर मन्दिर, उजेलापुर, मुक्तिनाथ धाम नयागाउ, बेल्बास चोक, लायन्स आखा अस्पताल, जलबिनायक मन्दिर, दुर्गा मन्दिर पुल्चोक, गोलपार्क, ट्राफिक चोक हुँदै पुनः कालिका माबि पुगेर समापन हुने सञ्चार संयोजक स्वस्तिक श्रेष्ठले जानकारी दिनुभयो ।

     विश्वभर नै कोरा साईक्लिङ गरिदै आएको भन्दै उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर धेरै कार्यक्रमहरु गरिदै आएको छ ।
    कार्यक्रमका संयोजक रबिलाल सुवेदीले विभिन्न उपसमितिमार्फत कार्यक्रम संचालन गरिएको बताउनुभयो । यो वर्ष कोरामा रुपन्देहीका ४ र नवलपरासी जिल्ला साईक्लिङ संघसहित १ सय ५० बढी साईक्लिष्टहरु सहभागी भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology