बुटवल,असार ३१ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरपरिषद बैठक स्थगित भएको छ ।
आज दिउँसो १ बजेका लागि बोलाइएको १२ औं अधिवेशनको तेस्रो बैठकमा गणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित भएको हो ।
गणपुरक संख्या नपुगेकोले बैठक स्थगित भएको नगर प्रमुख रामकृष्ण खाँणले नगर सभालाई जानकारी गराए ।बैठक कक्षमा अधिकांश नगरसभा सदस्यहरूको सहभागीता रहे पनि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले हाजिरी नगरेका कारण गणपुरक संख्या नपुगेको हो ।
९१ जना नगर सभा सदस्य मध्ये ४३ जनाको मात्रै उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेको जनाइएको छ ।कार्यपालिकामा बहुमत रहेको नेकपा एमालेले न्यायिक समितिमा आफ्नो दलको मात्रै प्रतिनिधि राख्नुपर्ने माग गरेको र नेपाली कांग्रेसले एक जना सदस्य नेपाली कांग्रेसको राख्न प्रस्ताव गरे पनि सहमति नभएकोले बैठक सुचारु हुन नसकेको बताइएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)