बुटवल,असार ३० ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशले ११ स्वर्णसहित ऐतिहासिक सफलता प्राप्त गरेको छ । १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनीले १६ स्वर्णसहित ११ रजत र ११ कास्य पदक पाएर प्रथम भएको हो ।
त्यस्तै वाग्मती प्रदेशले स्वर्ण १६, रजत ९ कास्य २० गरि दोस्रो र सुदर पश्चिम ८ स्वर्ण ,९ रजत र ८ कास्य पदक पाएर तेस्रो भएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचीव जय प्रकाश भट्टराईले नागरिक अनलाइनलाइ जानकारी दिए ।
भट्टराईले कार्यकालको पहिलो बर्षमै ऐतिहासिक सफलता प्राप्त गर्न सफल भएकोमा उनले खुसी सबैलाइ बाँढ्ने बताए ।
एथ्लेटिक्स र कबड्डी खेलमा पनि १५ स्वर्ण जित्न सफल भएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य हरिष ओलीले बताए । बिजेतालाइ आज काठमाडौं दशरथ रंगशालामा समापन समारोहका बिच सम्मान गरिएको हो ।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)