Logo बिहिवार, आश्विन १ गते २०८३
images

यमबुद्धको शालिक बनाउने निर्णय स्वागतयोग्य : एमाले उपाध्यक्ष विष्णु पौडेल

यमबुद्धको शालिक बनाउने निर्णय स्वागतयोग्य : एमाले उपाध्यक्ष विष्णु पौडेल

  • 2.4K
    SHARES

  • यमबुद्धको शालिक बनाउने निर्णय स्वागतयोग्य : एमाले उपाध्यक्ष विष्णु पौडेल

    बुटवल,असार ३० ।

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले र्‍याप गायक यमबुद्धको शालिक बनाउने काठमाण्डौ महानगरपालिकाको निर्णय स्वागतयोग्य रहेको बताउनु भएको छ ।

    सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उहाँले लेख्नु भएको छ : ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा शालिक निर्माण गर्ने काठमाण्डौ महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’

    महानगरपालिकाले यमबुद्धको शालिक बनाउन बजेट छुट्याएको समाचार सार्वजनिक भए लगत्तै आलोचना भएको थियो । आलोचना पछि मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट शालिक बनाउने घोषणा गर्नुभएको थियो । यसको पनि अहिले आलोचना भइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology