Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भानुजयन्ती : एभरेष्टमा कविता वाचन प्रतियोगिता

भानुजयन्ती : एभरेष्टमा कविता वाचन प्रतियोगिता

  • 2.7K
    SHARES

  • भानुजयन्ती : एभरेष्टमा कविता वाचन प्रतियोगिता

    बुटवल,असार २९ ।

    भानुजयन्तीको अवसर पारेर बुटवल सुख्खानगरमा रहेको एभरेष्ट मा.विले बुधबार कविता वाचन प्रतियोगिता गरेको छ । २०९ औं भानुजयन्तीको अवसर पारेर आयोजित कविता वाचन प्रतियोगितामा कक्षा ४ र ५ बाट स्पर्श लम्साल प्रथम, सुमंग अर्याल द्वितीय र ओशिन थापाले तृतीय स्थान प्राप्त गरे ।

    यसैगरी कक्षा ६, ७ र ८ मा विदुषी गौतम प्रथम, शितल पन्थ द्वितीय र इशाक बिकले तृतीय स्थान हासिल गरे । यस्तै कक्षा ९ र १० मा भएको कविता वाचनमा सम्मान वाग्ले प्रथम, बेनजिर के.सी. द्वितीय र सुम्निमा भुषालले तृतीय स्थान हासिल गरेको विद्यालयका सहायक प्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो ।

    कक्षा ४ देखि १० सम्मका ५० जना विद्यार्थीले सहभागिता जनाएको कविता वाचन प्रतियोपगतामा भानुभक्त आचार्यको जीवनी र महिमालाई समेटेर विद्यार्थीहरुले कविता वाचन गरेका थिए ।

    विद्यालयका सह प्राचार्य भीमसेन गौतमको अध्यक्षता, प्राचार्य कृष्ण न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उप–प्राचार्य उमेश रेग्मी र महिला शिक्षक लक्ष्मी कार्कीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्राचार्य न्यौपानेले कवितामार्फत भानुभक्तले घाँसीको प्रेरणाबाट नेपाली साहित्यमा आदिकविको उपाधि पाए जस्तै विद्यार्थीहरुले पनि भानुभक्तबाट धेरै प्रेरणा लिई अघि बढ्नुपर्ने बताउनुभयो ।

    प्रतियोगितामा सफल विद्यार्थीलाई पुरस्कृत गरिएको थियोे । सो अवसरमा भानुभक्तको तस्बिरमा टीका र माल्यार्पण गरी उहाँको स्मरण गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology