बुटवल, असार २९ ।
लामो समयदेखि रिक्त प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका असार ३१ शुक्रबार हुने भएको छ। सभामुख अग्नि प्रसाद सापकोटाले बुधबारको प्रतिनिधि सभा बैठकमा उपसभामुख चयनका लागि निर्वाचनको मिति तोकेका हुन्।
सभामुख सापकोटाले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई उपसभामुख चयनबारे सूचना प्रकाशित गर्न समेत निर्देशन दिएका छन्।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उक्त पद रिक्त छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)