Logo मंगलवार, श्रावण १२ गते २०८३
images

असार ३२ गते हुने बुटवल कोरा २०२२ को तयारी पूरा

असार ३२ गते हुने बुटवल कोरा २०२२ को तयारी पूरा

  • 1.9K
    SHARES

  • असार ३२ गते हुने बुटवल कोरा २०२२ को तयारी पूरा

    बुटवल,असार २८ ।

    बिजि बेकर्स बुटवल कोरा २०२२ को तयारी पूरा भएको छ। असार ३२ गते शनिबार हुने बुटवल कोराको आवश्यक तयारी पुरा भएको पत्रकार सम्मेलन गरि बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले बताए।

    कार्यक्रमलाई रुपन्देहीका ह्याप्पी साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, बुटवल साईक्लिङ ग्रुप, साईकल साथी सैनामैनाका साथै नवलपरासी जिल्ला साईक्लिङ संघको समेत सहकार्य रहेको उनले बताए।

    करीब ३ लाख रुपैया खर्च हुने कार्यक्रमलाई बिजि बेर्कसले मुख्य प्रायोजन गरेको छ भने सहप्रायोजनका रुपमा भैरव ग्रुप, मेरो चिया, आरोग्य, होटल पौवा, बुटवल रेडिमक्स प्रालि रहेको छ।

    धार्मिक स्थलहरुको पहिचान, एकता र सामाजिक भावना विकास गर्ने पवित्र चाडका रुपमा रहेको उनले बताए । दैनिक जिवनमा साईकलको बढीभन्दा बढी प्रयोग गर्नसके यसबाट मानिसको स्वस्थ्य र पर्यावरण जोगाउन योगदान मिल्ने उनले बताए ।कोराको मुल मर्म अनुसार सामाजिक क्षेत्र कोरामार्फत योगदान गर्दै आएको बताए।


    कोरा कार्यक्रम केवल साईकल ईभेन्टमात्र नभई यो साईकिलेहरुका लागि ठूलो पर्व भएको भन्दै उनले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए।

    रुपन्देही जिल्ला साईक्लिङ संघका सदस्य तथा बुटवल साईक्लिङ क्लबका सदस्य स्वस्तिक श्रेष्ठले कोराको महत्व र कार्यक्रमबारे प्रकाश पार्दै बुटवलको संस्कृति कोरा बन्दै गएको बताए। साईकलमार्फत पर्यटन प्रवर्द्धनको अभियानमा यस क्षेत्रका साईकिलेहरु लागेको उनले बताए। विश्वभर नै कोरा साईक्लिङ गरिदै आएको भन्दै उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर धेरै कार्यक्रमहरु गरिदै आएको बताए।

    कार्यक्रममा भैरव ग्रुपका अध्यक्ष गोपाल बहादुर पोखरेलले साईकलमार्फत पर्यटन प्रवर्दनको अभियान निक्कै उत्कृष्ट कार्य भएको बताए। कार्यक्रममा प्रायोजकका रुपमा सहकार्य गर्ने अवसरका लागि विशेष धन्यबाद दिदै सामाजिक उत्तरदायित्वसहितका सबै कार्यमा सहयोग गर्ने उनले बताए ।

    बिजि ग्रुप प्रालिका संचालक तारा रायमाझी पोखरेल, रुपन्देही जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, ह्याप्पीका अध्यक्ष सुमन श्रेष्ठ, क्लबका सचिव राजु तिवारीले रुपन्देहीका साईकिलेहरुलाई एकतावद्घ गराएर सामाजिक कार्यमा अग्रसर गराउने अभियानका रुपमा कोरा चल्दै आएको बताए।

    कार्यक्रमका संयोजक रबिलाल सुवेदीले विभिन्न उपसमितिमार्फत कार्यक्रमको तयारी तिव्र रुपमा चलेको बताए। टिसर्ट, नास्ता र खाना लगायतको स्पोन्सर प्राप्त भएको सुवेदीले बताए। यो वर्ष कोरामा रुपन्देहीका ४ सहित नवलपरासी जिल्ला साईक्लिङ संघसहित एक सय ५० बढी साईक्लिष्टहरु सहभागी हुने बताए। कार्यक्रमको रुट र टिसर्ट सार्वजनिक पनि भैसकेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology