Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शाइन रेसुङ्गा बैंकद्वारा थप ९ वटा एटिएम सञ्चालन

शाइन रेसुङ्गा बैंकद्वारा थप ९ वटा एटिएम सञ्चालन

  • 1.9K
    SHARES

  • शाइन रेसुङ्गा बैंकद्वारा थप ९ वटा एटिएम सञ्चालन

    बुटवल,असार २८ ।

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले थप ९ वटा एटिएम सञ्चालनमा ल्याएको छ । रुपन्देही जिल्लाको मणिग्राम र रुद«पुर, कपिलवस्तुको ४ नम्बर जीतपुर, प्युठानको विजुवार, कास्कीको न्युरोड पोखरा, अर्घाखांचीको सन्धिखर्क, बाँकेको नेपालगन्ज, दाङ्गको घोराही र कैलालीको अत्तरियामा एटिएम सञ्चालनमा ल्याएको हो  । 

    बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्नका लागि भिसा नेटवर्कमा आवद्ध एटिएम मेसिनबाट डेविट कार्डको प्रयोग गरि निःशुल्क रकम झिक्न सक्ने जनाएको छ । बैंकले अनलाइनबाट खाता खोल्ने, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, क्यूआर कोड, डेबिट कार्ड, डिम्याट तथा मेरो शेयर लगायतका सेवाहरुको व्यवस्था गरेको बैंककी प्रमुख सञ्चालन अधिकृत एवं डिजिटल बैकिङ हेड नम्रता थापाले नागरिक अनलाइनलाइ जानकारी दिइन्  ।

    बैंकले ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

    लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा र संघीय राजधानी काठमाडौंमा ५ वटा सहित देशभर ८४ वटा शाखा शाखा कार्यालय सञ्चालनमा रहेको बैंकको अधिकृत पुँजी ५ अर्ब, जारी तथा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको बैंकको निक्षेप ४२ अर्ब ५७  करोड र कर्जा लगानी ३८ अर्ब १५ करोड रहेको छ । बैंकका  ५ लाख १५ हजार बढी  निक्षेपकर्ता र १४ हजार  ५ सय बढी ऋणी रहेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology