बुटवल,असार २७ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताएका छन् ।
बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा कार्यक्रममा बोल्दै उनले स्वास्थ्य र शिक्षामा स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी कार्यक्रम सञ्चालनगर्ने बताएका हुन् ।
उनले कोभिड १९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिकाप्रशंसनीय रहेको भन्दै आगामीदिनमाप्रदेश सरकारले स्वास्थ्यका अधिकांश कार्यक्रम स्थानीय सरकारसँग सहकार्यमै सञ्चालन गर्ने बताए ।
मुख्यमन्त्री केसीले प्रदेश सरकारको चुलो सुधार कार्यक्रम स्थानीय सरकारसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई परिचालन गर्ने तयारी गरेको बताए ।
‘गाउँ टोलसम्म पुगेका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई नै परिचालनगर्ने गरी चुलो सुधार कार्यक्रमहामीले बुटवल उपमहानगरपालिकाबाटै शुरु गर्ने तयारी गरेका छौं’–उनले भने–यसमा बुटवलका प्रमुखसँग छलफल गरी कुनमोडलमा सञ्चालनगर्ने टुंगो लगाउँछौं ।’
कार्यक्रममा बोल्दै स्वास्थ्य, जनसंख्यातथा परिवार कल्याण मन्त्री इन्द्र जितथारुले आगामी समयमा हुनसक्ने स्वास्थ्य चुनौतीको सामना गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रमहरु सञ्चालन गर्ने बताए ।
उनले कोभिड कालमा स्थानीय सरकारको भूमिकाकै कारण महामारी नियन्त्रणमा प्रभावकारी कामहुन सकेको बताए । कार्यक्रममा प्रमुखजिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका गौरव ढकाल, बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे लगायतले बोलेका थिए ।
१२ वर्ष माथिका १ लाख ५७ हजार ३९३ जनालाई खोप :
उनले बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ मध्य १२ वर्ष माथि पूर्ण खोप लगाएका १ लाख ५७ हजार ३९३ जनालाई खोप लगाईएको जानकारी दिए। उनले ९ हजार ८६५ जनालाई खोजेर र नगर बाहिरका २२ हजार ६६३ जनालाई खोप लगाईएको जानकारी दिए।
कार्यक्रममा कोभिड १९ नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकासँग सहकार्य गर्ने प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, सामाजिकतथा गैरसरकारी संघ संस्थाहरु, स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयमसेविकाहरु, उपमहानगरपालिकाका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)