Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मानव धर्मद्वारा अन्तर विद्यालय कविता वाचन प्रतियोगिता सम्पन्न

मानव धर्मद्वारा अन्तर विद्यालय कविता वाचन प्रतियोगिता सम्पन्न

  • 6.1K
    SHARES

  • मानव धर्मद्वारा अन्तर विद्यालय कविता वाचन प्रतियोगिता सम्पन्न

    बुटवल,असार २७ ।

    नेपाल मानव धर्म सेवा समिति बुटवल द्वारा भानु जयन्तीको अवसर पारी अन्तर विद्यालय कबिता वाचन कार्यक्रम भएको छ।

    प्रतियोगीतामा दिप बोर्डिङ स्कुल बुटवलकी छात्रा सस्था शाक्य प्रथम स्थान हासिल गर्न सकिन भने क्यानन बो. का लविश खनाल, न्यु होराईजनका किन्जल शर्मा एवम् लुम्बिनी बोर्डिङ का समिर घिमिरे क्रमशः द्वितिय, तृतीय एवम शान्तवना भएका थिय र सम्पुर्ण बिजेतालाई गुरुपुजा महोतसवको भब्य समारोहमा पुरस्कार वितरण हुने कार्यक्रमका संयोजक मेघराज गिरीले बताएका छन ।

    १२ विद्यालयका बिद्याार्थी भाग लिएको उक्त प्रतियोगीतामा निर्णायकको भुमीकामा प्रा. डा बाबुराम ज्ञवाली, शन्तराम गिरी एवम् डिल्ली नारायण पाण्डे रहनु भएको थियो ।

    कार्यक्रम महात्मा अम्बिका बाईजीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य सागर थापाले दिएका थिए भने भजन कलाकार आदरणीय सुन्दर स्वर्णकारले मधुर संगीत प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन स्वस्तिका पोख्रेलले गरेका थिए।poem a.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology