Logo बुधवार, श्रावण १३ गते २०८३
images

बुटवलको सुकुम्बासी बस्तीमा नि:शुल्क स्वास्थ्य शिविर,८ सयजनाले लिए लाभ

बुटवलको सुकुम्बासी बस्तीमा नि:शुल्क स्वास्थ्य शिविर,८ सयजनाले लिए लाभ

  • 1.7K
    SHARES

  • बुटवलको सुकुम्बासी बस्तीमा नि:शुल्क स्वास्थ्य शिविर,८ सयजनाले लिए लाभ

    बुटवल,असार २६ ।

    उपमहानगरपालिकाभित्रकै दुर्गम र सुकुम्बासी बस्तीमा निशुल्क स्वास्थ्य शिविर गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ न्यू दुर्गानगरस्थित मायादेवी जनजागृति आधारभूत विद्यालयमा राष्ट्रका लागि युवा (युथ फर नेशन) नामक संस्थाले शनिबार निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गरिएको हो ।

    संस्थाका अध्यक्ष डा.निकोलन भुसालले बुटवलमा शहरी क्षेत्रमा स्वास्थ्यमा पहुँचको अवस्था अध्ययन गर्ने गरी शिविर राखिएको बताए ।
     
    शिविरलाई डार्कउड रेष्टुरेन्ट, रोट्रयाक्ट कोटिहवा, वास रुपन्देही लगायत संस्थाहरुको सहयोग रहेको उनले बताए । डेण्टल, फिजिसियन, न्यूरोसर्जन, गाईनो, अर्थोपेडिक तथा स्पाईनर सर्जन लगायत विशेषज्ञ चिकित्सकसहित ल्याब र निःशुल्क औषधी वितरण गरिएको उनले बताए ।

    वर्षासँगै आएको बाढीले गर्दा दम, खोकी, छालारोग, झाडापखालाका साथै मानसिक रोगहरु देखिएको भन्दै उनले मानवीय सेवामा स्थानिय क्लबहरु बुटवल ११ ब्यायज र एकता युवा क्लबको सहकार्यमा शिविर सञ्चालन गरेको बताए ।
     
    देवदह मेडिकल कलेजका साईक्राईटिक विक्रम काफ्ले, लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. नन्दु पाठक, प्रसुति तथा स्त्री रोग विशेषज्ञ अनुपा क्षेत्री, डा.रोहित श्रेष्ठ, विश्वास पाण्डे, आम्दा अस्पतालका बालरोग विशेषज्ञ डा. अरुण पोखरेल, चौराहा अस्पतालमा वरिष्ठ न्यूरोसर्जन केआई सिह केसी, क्रिमशन अस्पतालका डा. सुनिल बर्देवा र सुमन भुर्तेल, तिनाउ अस्पतालका डा.योगेन्द्र अग्रहरी लगायतका चिकित्सकहरुले बिरामीहरुको चेकजाँच गरेका थिए । शिविरमा करिब ७ सय बढी बिरामीहरुले उपचार सेवा लिएको उनले बताए ।
     
    एकता युवा क्लबका अध्यक्ष राजकुमार विकले सो क्षेत्रमा न्युन आय भएका साढे ३ सय घरधुरी बसोबास गर्दै आएको बताए । शिविर सञ्चालन गर्न सुगम ड्रिष्ट्रिब्युटर्स, एशियन फार्माच्युटिकल्सबाट औषधी उपलब्ध भएको तथा ल्याबको सेवा क्रिमशन अस्पताल सहयोग प्राप्त भएको उनले बताए ।

    शिविरमा ९ जना विशेषज्ञ चिकित्सक, अन्य चिकित्सकसहित ७५ जना स्वयंसेवकहरु परिचालन भएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology