Logo बुधवार, श्रावण १३ गते २०८३
images

गुल्मीका सक्रिय पत्रकार जनार्दन घिमिरे प्रेस युनियनको उपाध्यक्षमा लड्ने

गुल्मीका सक्रिय पत्रकार जनार्दन घिमिरे प्रेस युनियनको उपाध्यक्षमा लड्ने

  • 2.7K
    SHARES

  • गुल्मीका सक्रिय पत्रकार जनार्दन घिमिरे प्रेस युनियनको उपाध्यक्षमा लड्ने

    बुटवल,असार २६ ।

    गुल्मीका सक्रिय पत्रकार जनार्दन घिमिरेले नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा केन्द्रीय उपाध्यक्षमा उम्मेद्वारी दिने भएका छन् ।

    प्रेस युनियनका पुर्व केन्द्रीय सदस्य एवं  नेपाल पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्षसमेत रहेका घिमिरे २ दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । उनले लुम्बिनी प्रदेशवाट केन्द्रिय उपाध्यक्षमा उम्मेद्वारी दिने बताए ।

    घिमिरे अहिले एभिन्यू खबर, रासस, बुद्ध टेलिभिजन,उज्यालो, नागरिक, बुटवल टुडे लगायतमा आवद्ध छन् ।

    उनले व्यवसायीक पत्रकारिताको लागि, पेशागत हक हितको लागि, श्रमजीवी पत्रकारको हकहितको लागि उम्मेदवारी दिने तयारी गरेको नागरिक अनलाइनसंग बताए । युनियनको नवौं महाधिवेशन आगामी श्रावण ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुँदैछ ।

    नेतृत्वका ९सभापति० लागि अहिलेसम्म दर्जन आकांक्षी देखिएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology