Logo बिहिवार, आश्विन १ गते २०८३
images

गाेलपार्कको पाल्पाली होटलमा १७ वर्षीया सदीक्षा मृत फेला

गाेलपार्कको पाल्पाली होटलमा १७ वर्षीया सदीक्षा मृत फेला

  • 11.8K
    SHARES

  • गाेलपार्कको पाल्पाली होटलमा १७ वर्षीया सदीक्षा मृत फेला

    बुटवल,असार २६ ।

    बुटवलको एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छिन् । बुटवल उपमहानगरपालिका–३ मा रहेको पाल्पाली होटलमा बुटवल-२ की १७ वर्षीया सदीक्षा गुरुङ झुण्डिएको अवस्थामा फेला परेकी हुन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार गएराति ती युवती र एक युवा होटलमा बस्न गएका थिए ।

    ‘ती युवती र युवा राति साढे १० बजे सो होटलमा गएको खुलेको छ । युवकले बिहान ९ बजेतिर बिल तिरेर गएको र पछि चेक आउट हेर्न जाँदा युवती झुन्डिएको भन्दै होटल संचालकले फोन गर्नु भएको थियो ।’–उनले भने ।

    युवतीसँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए ।  युवतीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा छ ।

    किशोरी आफैं आएर कोठा बुक गरेको र कोठामा केही प्रमाण नभेटिएकाले फरार भएका युवकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी केसीले बताए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology