Logo बिहिवार, आश्विन १ गते २०८३
images

सेवा आयोगको नतिजा : रूपन्देहीमा थपिए उपसचिव र अधिकृत सरहका शिक्षकहरू

सेवा आयोगको नतिजा : रूपन्देहीमा थपिए उपसचिव र अधिकृत सरहका शिक्षकहरू

  • 3.8K
    SHARES

  • सेवा आयोगको  नतिजा : रूपन्देहीमा थपिए उपसचिव र अधिकृत सरहका शिक्षकहरू

    बुटवल,असार २६ ।

    शिक्षक सेवा आयोगले लिएको विभिन्न तहका द्वितीय र प्रथम श्रेणीको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । २५ प्रतिशत आन्तरिक तर्फ २०७८ चैत्र २१ गते भएको लिखित परीक्षा र २०७९ असार २४ गते सम्पन्न अन्तर्वार्ताको नतिजा सार्वजनिक भएको छ ।

    जसमा रूपन्देही बुटवलको उजुर सिंह मावि बुटवलमा अध्ययापनरत अङ्ग्रेजी विषय शिक्षक बसुन्धरा भुषालको एक नं. मा नाम निस्किएको छ । उनी २०७२ सालमा स्थायी भएकी थिइन् । अध्ययनमा निकै अब्बल उनी यसपटक पनि अब्बल सावित भएकी छिन् ।

    बि.स. २०७१ सालमा मा वि तहमा सामाजिक विषयमा १ नं. नाम निकालेर केरवानी माध्यमिक विद्यालयमा पोष्टिङ भएका उक्त विद्यालयका सहायक प्रधानाध्यापक निर्मल ढुङ्गानाले यसपटकको बढुवामा पनि आफूलाई अब्बल साबित गर्न सफल भएका छन् ।

    स्नातकोत्तर विशिष्ट श्रेणीमा उत्तीर्ण भएका उनी एम.फिल. अध्ययनरत छन् । उच्च शिक्षाका अब्बल विद्यार्थी निर्मल ढुङ्गाना बहुमुखी प्रतिभायुक्त छन् । उनी साहित्य लेखन, खोज-अनुसन्धान, बौद्ध अध्ययन र लेखनमा समेत सक्रिय छन् । त्यस्तै बरेवा मा वि, मायादेवी गाउँपालिकाका अङ्ग्रेजी शिक्षक तिर्थ प्रसाद विश्वकर्माले पनि मावि द्वितीय श्रेणीमा नाम निकाल्न सफल भएका छन् भने महामाया भवानी मावि रूपन्देहीमा कार्यरत चिरञ्जीवी रेग्मी बैकल्पिक उम्मेदवार भएका छन् ।

    रूपन्देही जिल्लामा मावि सेकेन्ड क्लासको २५ प्रतिशत आन्तरिक प्रतियोगितामा ३ जनाको कोटामा ८ जनाले लिखितमा नाम निकालेका थिए । माध्यमिक तहमा फर्म भरेका ११४ जनामध्ये परीक्षामा ९३ जना सहभागी भएका थिए । माध्यमिक तहमा सफल भएका यी शिक्षकहरू उपसचिव सरह हुन् ।

    नीति निर्माण तहमा यस्ता अब्बल शिक्षकको उपस्थितले समग्र शिक्षा प्रणालीलाई नै सुधार्न सक्ने भएकाले यस्ता शिक्षकलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने शिक्षाविद्हरूको सुझाब रहने गरेको छ । रूपन्देहीमा अन्य जिल्लाबाट सरुवा भइ सेकेन्ड क्लासहरू आउने भएकाले सेकेन्ड क्लास र फस्ट क्लासको कोटा नै कम खुल्ने गर्दछ । यसपटक कोभिड लगायत सेकेन्ड क्लासको रिटायर्ड शिक्षक माध्यमिक तहमा बढी भएकाले जम्मा १२ जना सेकेन्ड क्लास हुनु पर्नेमा ९ जना कार्य सम्पादन मूल्यांकन तर्फको सिटमा गणना भएको थियो जसको रिजल्ट प्रकाशित भएको छैन ।

    मा.वि. तहको खुला तर्फको तीनवटा कोटाको नतिजा शिक्षक सेवा आयोगले हिजो राति सार्वजनिक गरेको हो । माध्यमिक तहको मात्र नभएर निम्नमाध्यमिक तथा प्राथमिक तहको समेत नतिजा प्रकाशित भइसकेको छ । असार २२ गते प्रकाशित नतिजा अनुसार रूपन्देहीको निम्नमाध्यमिक तहमा सिद्धेश्वर लालकुमारी माबि दीपनगरका कैलाश गौतम प्रथम श्रेणीमा बढुवा भएका छन् । उनी पनि उपसचिव सरह भएका छन् ।

    निमावि द्वितीय श्रेणीमा शान्ति नमुना मा वि का निर्मल पराजुली बढुवा भएका छन् । प्राथमिक तहको आन्तरिक तर्फ देवदहको महामाया भवानी मा वि का शिक्षक भीमप्रसाद न्यौपाने, शान्ति नमुना मा विका नारायणप्रसाद ज्ञवाली र विश्व शान्ति सामुदायिक आधारभूत विद्यालय, तिलोत्तमाका शिक्षक ताराप्रसाद अर्यालले प्रथम श्रेणीमा नाम निकालेका छन् । त्यस्तै प्राथमिक तहको द्वितीय श्रेणीमा बुटवलकी चन्द्रकला पौडेलले नाम निकालेकी छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology