Logo बुधवार, श्रावण १३ गते २०८३
images

लुम्बिनी वाणिज्य क्याम्पसमा डिजिटल लाइब्रेरी र ल्याव उद्घाटन

लुम्बिनी वाणिज्य क्याम्पसमा डिजिटल लाइब्रेरी र ल्याव उद्घाटन

  • 3.8K
    SHARES

  • लुम्बिनी वाणिज्य क्याम्पसमा डिजिटल लाइब्रेरी र ल्याव उद्घाटन

    बुटवल,असार २५ ।

    लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा डिजिटल लाइब्रेरी तथा ह्युमन रिसोर्स डेभलपमेण्ट ल्याव शुुभारम्भ भएको छ । 
    शनिवार एक कार्यक्रमका विच प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले उद्घाटन गर्नुभएको हो ।

    उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले लाइब्रेरी समय सापेक्ष परिवर्तन हुदै प्रविधिमैत्री बन्नुपर्ने र यसको प्रयोगले प्राध्यापक विद्यार्थी सबैलाई धेरै भन्दा धेरै लाभ हुने बताउनुभयो । दाहालले लुम्बिनी वाणिज्य क्याम्पस व्यवस्थापन विषयको क्षेत्रमा उत्कृष्ट भएको कुरामा दुई मत नभएको र  मानित विश्वविद्यालय भएपछि यसको उत्कृष्टता अझै थपिने विश्वास व्यक्त गर्दै जति सक्दो चाडै मानित विश्वविद्यालय बनाउने कुरामा समेत उहाँले सुझाव दिनुभयो ।

    कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं परिषद् पदेन सदस्य समेत रहनुभएका जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चँपाईले रुपन्देहीको मात्र नभएर सिंङ्गो राष्ट्रकै गौरवको रुपमा रहेको यस क्याम्पसले उपत्यका बाहिर पहिलोपटक नयाँ नयाँ गतिविधि सञ्चालन गर्नु असाध्यै सुखद पक्ष रहेको बताउनुभयो ।

    विशिष्ट अतिथि एवं सञ्चालक समितिका पदेन सदस्य समेत रहनुभएका बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले लुम्बिनी वाणिज्य क्याम्पस विभिन्न निकाय, सामाजिक संघसंस्थाहरुको पहलमा स्थापना भएकोले क्याम्पसले स्थानीय आवश्यकताहरु  बुझेर सोही अनुसार सबैसंग सहकार्य गरेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

    विशिष्ट अतिथि एवं त्रिभुवन विश्वविद्यालय  व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले लुम्बिनी वाणिज्य क्याम्पसले देखेको सपना छिटै साकार बनाउन यहाँको टिम अझै कसिनुपर्ने बेला आएको बताउदै क्याम्पस समय सापेक्ष परिवर्तन हुदै अगाडी बढेकोमा खुशी व्यक्त गर्नुभयो ।

    क्याम्पस संचालक समितिका अध्यक्ष मोतिलाल पाण्डेले अध्यक्षको वार्षिक प्रतिवदेन तथा भावि योजनाहरु प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको स्वागत मन्तव्य, क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायको सञ्चालन रहेको  कार्यक्रममा निर्वतमान अध्यक्ष श्री राजेन्द्र प्रसाद वझा, पुर्व अध्यक्ष अर्जुनमान सैंजु, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू लगायतले आआफ्नो भनाई राख्नुभएको थियो ।

    Digital Library News Ashadh 25 b.jpg

    डिजिटल लाइब्रेरी मार्फत ई–बुक्स, थेसिस, अनुसन्धानमुलक लेख, जर्नल, अडियो–भिडियो सामाग्री तथा लेखहरु पनि   घरमै बसेर पढ्न सकिने छ । भौतिक रुपमा पुस्तकालयमा पुगेर अध्ययन गर्न सम्भव नभएको अवस्थामा यो एकदम उपयुक्त माध्यम रहने बताइएको छ ।

    त्यस्तै शनिवार नै क्याम्पसको क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को बाह्रौ सभा सम्पन्न भएको छ ।सभाले परिषद् अध्यक्ष मोतिलाल पाण्डेले प्रस्तुत गर्नुभएको अध्यक्षको वार्षिक प्रतिवदेन, परिषद् सदस्य एवं आन्तरिक लेखा परिक्षण समितिका संयोजक प्राध्यापक कृष्ण गौतमले प्रस्तुत गर्नुभएको ०७७-०७८ को लेखा परीक्षण प्रतिवेदन, क्याम्पस प्रमुख  प्रा.डा. तारा प्रसाद उपाध्यायले पेश गर्नुभएको आ.व ०७९-०८० को लागि अनुमानित बजेट समेत अनुमोदन गरेको छ भने आन्तरिक पदपूर्ति तथा लेखा परीक्षक नियुक्ति सम्बन्धी निर्णय समेत गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology