Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आईपीएल क्रिकेट : अन्तिम बलमा छक्का प्रहार गर्दै चेन्नाई सुपर किंग्स ६ विकेटले विजयी

आईपीएल क्रिकेट : अन्तिम बलमा छक्का प्रहार गर्दै चेन्नाई सुपर किंग्स ६ विकेटले विजयी

  • 2.9K
    SHARES

  • आईपीएल क्रिकेट : अन्तिम बलमा छक्का प्रहार गर्दै चेन्नाई सुपर किंग्स ६ विकेटले विजयी

    बुटवल,कार्तिक १४ -

    जारी आईपीएल क्रिकेटमा अन्तिम बलमा छक्का प्रहार गर्दै चेन्नाई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।

    १७३ रनको लक्ष्य चेन्नाईले चार विकेट गुमाएर अन्तिम बलमा हासिल गरेको हो । चेन्नाईको जितमा ऋतुराज गायकवाडले ७२ रन योगदान गरे । शेन वाटसनले १४ र अम्बाती रायडुले ३८ रन बनाए । साम कुरानले १३ र रविन्द्र जडेजा ३१ रनमा नटआउट रहे ।

    १९ ओभरमा चेन्नाईको स्कोर १६३ रन थियो । अन्तिम बलमा जितका लागि १ रन आवश्यक थियो । कमलेश नगरकोटीको बलमा जडेजाले छक्का प्रहार गरेर जित दिलाए । जडेजाले ११ बलमा ३१ रन योगदान गरे ।

    बलिङतर्फ पेट कमिन्सन र वरुण चक्रवर्तीले २–२ विकेट लिए ।यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । कोलकाताका लागि नितिश रानाले सर्वाधिक ८७ रन बनाएका थिए । शुभमन गिलले २६ रन जोडेका थिए ।

    बलिङतर्फ लुंगी निग्दीले दुई विकेट लिए । कोलकाताका लकी फर्ग्युसन सबैभन्दा महँगा बलर बने । उनले चार ओभरमा ५४ रन खर्चिए । सबैभन्दा किफायती बलर नितिश राणा रहे । एक ओभरमात्र बलिङ गर्ने मौका पाएका उनले १६ रन दिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology