Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा बालविवाह बिरुद्ध १५ दिने सचेतना अभियान

लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा बालविवाह बिरुद्ध १५ दिने सचेतना अभियान

  • 3.3K
    SHARES

  • लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा बालविवाह बिरुद्ध १५ दिने सचेतना अभियान

    बुटवल,कार्तिक १३ । 

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले बालविवाह बिरुद्ध १५ दिने सचेतना अभियानको थालनी गर्ने भएको छ । समाजमा बढ्दै गएको बालविवाह रोक्नका लागि प्रदेशका सबै जिल्ला र प्रहरी इकाइहरुमा त्यस्तो अभियान शुक्रवारदेखि सुरु गरिने भएको छ ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले बिहीवार पत्रकार सम्मेलन गरि त्यस्तो जानकारी दिएको हो ।स्थानीय सरकार तथा विभिन्न संघ–सस्थाको समन्वयमा प्रहरीले शुक्रबारदेखि कात्तिक २८ गतेसम्म सचेतनामुलक अभियान संचालन गर्ने प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिनुभयो ।

    प्रदेशका १२ वटै जिल्लामा कार्यक्रम संचालन हुने अभियान मातहतका  जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले ५÷५ वटा कार्यक्रम संचालन गर्ने भएका छन ।

    त्यस्तै वडा प्रहरी कार्यालयबाट ३ वटा र प्रहरी चौकीमार्फत २ वटा कार्यक्रम संचालन गरिने छन् । कार्यक्रम अन्तगर्त प्रहरी चेक पोष्टहरुमा सचेतनामूलक व्यानर, प्लेकार्ड बजार तथा प्रहरी कार्यालय अगाडी राख्ने, विभिन्न चेकिङ स्थानजमा सचेतनामूलक पोष्टर राख्ने, माइकिङ गर्ने, बजार क्षेत्रमा २÷३ जनाको समुहमा अभियानबारे जानकारी गराउने लगाएका रहेको प्रदेश प्रहरी प्रबक्ता बैदवारले बताउनु भयो ।

    प्रहरी तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा बालविवाह हुनेमा दाङ दोस्रो स्थानमा रहेको छ । तीनवर्षको अवधिमा प्रदेशका १२ जिल्लामध्ये प्यूठानमा सबैभन्दा धेरै १९ वटा बालविवाहका घटना भएका छन । त्यस्तै दाङमा १३ वटा बालविवाहका घटना भएको तथ्याङ्कले देखाएको छ । तीन वर्षको अवधिमा बाँकेमा ८, अर्घाखाँचीमा ३, गुल्मीमा २ र कपिलवस्तु, रुकुम पूर्वमा र रुपन्देहीमा १÷१ वटा बालविवाह भएको प्रदेश प्रहरीको तथ्यांकमा छ ।

    प्रहरीका अनुसार नवलपरासी पश्चिम, रोल्पा र पाल्पामा बालविवाहको घटना शून्य देखिएको छ । तीन वर्षको अवधिमा बालविवाह गर्नेमा १० देखि २६ वर्ष उमेरसमुहका धेरै रहेका छन् । प्रदेशमा तीन वर्षको अवधिमा ४९ वटा बालविवाहका घटना भएका छन । ति मध्ये २७ वटा बालविवाह १६ देखि २६ वर्ष उमेरसमुहकाले गरेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology