Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत ११ जना प्रहरीलाइ कोरोना संक्रमण

ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत ११ जना प्रहरीलाइ कोरोना संक्रमण

  • 5.8K
    SHARES

  • ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत ११ जना प्रहरीलाइ कोरोना संक्रमण

    बुटवल,भदौ १६  ।

    ईलाका प्रहरी कार्यालय बुटवलका ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो साता १३ जना थुनुवामा संक्रमण पुष्टि भएपछि उनीको कन्ट्याक्ट ट्रसिङका आधारमा पीसीआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

    यसअघि १० ईलाका प्रहरीबाट मुख्यमन्त्रीको स्कर्टीङमा हिंड्ने ४ प्रहरीमा पनि संक्रमण पुष्टि भएको थियो । गएराति अबेर आएको रिपोर्ट अनुसार ११ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेमकुमार थापाले बताए ।

    स्वाब संकलन गरेर पठाइएकामध्ये १९ जनाको रिपोर्ट आएको र त्यसमध्ये ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको र अन्य ५ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology