Logo बिहिवार, आश्विन १ गते २०८३
images

पतञ्जली योग समिति रुपन्देहीको अध्यक्षमा राजन र सरस्वती चयन

पतञ्जली योग समिति रुपन्देहीको अध्यक्षमा राजन र सरस्वती चयन

  • 5.7K
    SHARES

  • पतञ्जली योग समिति रुपन्देहीको अध्यक्षमा राजन र सरस्वती चयन

    बुटवल,असार २१  ।

    पतञ्जली योग समिति रुपन्देहीको अधिवेशन सम्पन्न भएको छ । राजन नेपालको अध्यक्षतामा पुरुष तर्फ र सरस्वती बस्यालको अध्यक्षतामा महिला तर्फ नयाँ समिति निर्विरोध चयन भएको छन्।

    बुटवलको राधा कृष्ण मन्दिरमा अधिवेशन सम्पन्न भएको हो। जिल्ला प्रभारी गोविन्द न्यौपानेको अध्यक्षता, लुम्बिनी प्रदेश संगठन मन्त्री लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यता, महिला प्रभारी इन्दिरा भण्डारीको आतिथ्य तथा महामन्त्री रामचन्द्र पन्थीको सञ्चालनमा भेला भएको हो ।  

    सल्लाहकार समितिको संयोजक तेजनिधि पौडेल  र सदस्याहरुमा  जीवनारायण पौडेल र हरिशरण पाण्डे रहेका छन् ।

    अध्यक्षमा  राजन नेपाल, वरिष्ठ उपाध्यक्ष रामचन्द्र पन्थी, उपाध्यक्षमा रामप्रसाद शर्मा र शोभा ज्ञवाली,महासचिवमा हरिप्रसाद पौडेल ,संगठन सचिवमा खेमराज अधिकारी , सचिवमा हिमलाल चापागाईं र कोषाध्यक्षमा तेज नारायण गैरे,सोसल मिडिया प्रभारी  सदस्यमा  विष्णुप्रसाद रेग्मी, तुलप्रसाद पुन ,कृष्णबहादुर क्षेत्री सदस्य, सीता अर्याल ,गोपालप्रसाद अर्याल ,यज्ञमूर्ति न्यौपाने सदस्य रहेका छन् भने जिल्ला महिला समितिको अध्यक्ष सरस्वती बस्याल ,उपाध्यक्षमा  भगवती बस्याल,महासचिवमा दुर्गा तिमिल्सिना ,संगठन सचिवमा लक्ष्मी नेपाल,सचिवमा लक्ष्मी अर्याल र कोषाध्यक्षमा सुस्मिता पौडेल रहेका छन् ।

    सोसल मिडिया प्रभारी  सदस्यमा  रमा ज्ञवाली,सदस्यहरूमा कोपिला थापा , श्रीधरा जैसी ,सरस्वती श्रेष्ठ ,गायत्री अर्याल र गायत्री पौडेल रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology