Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रामेछाप बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो

रामेछाप बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो

  • 1.4K
    SHARES

  • रामेछाप बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो

    काभ्रे,असार २१।

    रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । रामेछापको लुभुघाटमा भएको बस दुर्घटनास्थलमा ९ जना र उपचारका क्रममा धुलिखेल अस्पतालमा ४ जना गरी १३ जनाको मृत्यु भएको हो ।

    उपचारका लागि धुलिखेल अस्पताल ल्याइका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए । अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा सुनापति गाउँपालिका–५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक जना महिला छन् ।

    घाइतेमध्ये २० जनाको धुलिखेल अस्पताल र एक जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङका अनुसार बा ३ ख ८३९६ को बस बिहान १० बजेतिर दुर्घटना भएको हो । गम्भीर घाइते ३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology