Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देशमा सांसद र मन्त्री बनाउने उद्योग खोलियो,कलकारखाना बन्द भए : चित्रबहादुर केसी

देशमा सांसद र मन्त्री बनाउने उद्योग खोलियो,कलकारखाना बन्द भए : चित्रबहादुर केसी

  • 1.6K
    SHARES

  • देशमा सांसद र मन्त्री बनाउने उद्योग खोलियो,कलकारखाना बन्द भए : चित्रबहादुर केसी

    बुटवल, असार २१ ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्य सञ्चालक गलत हुंदा देशले समस्या भोग्नु परेको बताएका छन् ।

    अहिलेसम्मका राज्य सञ्चालकले देश र जनताको पक्षमा काम गर्न नसकेको बताउंदै आफुलाई ठूलो दलको नेता हु भन्नेहरुले राजनीतिलाई व्यवसाय बनाएर ठूलो धनराशी कमाउंदा देश संकटको अवस्थामा पुगेको अध्यक्ष केसीको भनाइ छ ।

    राजनीति सेवा नभएर पैसा आर्जन गर्ने व्यवसाय बनाउंदै सत्तामा बस्ने सिमित मान्छेका कारण देशको अवस्गा बिग्रदै गएको बताए ।

    उद्योग धन्दा, कल कारखाना खोलेर भन्दा ठूला पार्टीमा लागेर सांसद, मन्त्री भएपछि छिटो पैसा कमाइने भएकाले आफुहरुलाइ ठूलो पार्टीको नेता हु भन्ने बाटै देश कसले लान्छ भन्ने डर भएको बताए । अध्यक्ष केसीले तिनै ठूला दलमा लागेर राजनीतिलाई व्यवसाय बनाउनेहरुबाटै गणतन्त्र र राष्ट्रियता खतरामा रहेको आरोप लगाए ।

    राष्ट्रिय जनमोर्चा रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको महङी, भ्रष्टाचारविरुद्वको कोणसभामा बोल्दै राज्यले महङी, भ्रष्टाचार, कालोबजारी र महिला हिंसा लगायत अपराधजन्य हिंसाको नियन्त्रण गर्न नसकेको बताए। उनले उद्योग, कलकारखान खोल्ने बेला सांसद र मन्त्रीहरुको कारखाना खोलिएको बताए। एउटा देशलाई फुटालेर आठवटा देश बनाउनेहरुका कारण देश पछाडी परेको उल्लेख गर्दै एउटा देशका सांसद र मन्त्री पाल्न नसकेको देशले प्रदेश धान्न नसक्ने बताउनुभयो । प्रदेश खारेज गरेर प्रदेश चलाउने पैसा शिक्षा, स्वास्थ्य र उद्योग कल कारखाना सञ्चालनमा लगानी गर्नुपर्ने बताए।

    किसानलाई चाहिने मल,विउ र रोजगारमूलक उद्योग, कलकारखाना नखोल्दासम्म देशले निकास पाउन नसक्ने बताए।कृषि प्रदान देश नेपालका किसानहरुले खेतीपाती गर्दा मल, विउ नपाउनु दुखद् पक्ष भएको बताउंदै सरकारले कृषिमा ध्यान दिनै नसकेको दावी गरे। पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीले गलत मान्छेलाई भोट नदिन आग्रह गर्दै भोट दिंदा त्यो पार्टीको नीति, सिद्वान्त र कार्यक्रम बुझेर भोट दिनुपर्ने बताए ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलम, सचिव टानबहादुर केसी, लालचन पन्थलगायतले बोल्दै जनताले थेग्नै नसक्ने गरी महङी, भ्रष्टाचार बढेकाले यसका बिरुद्व आन्दोलनमा उत्रनु पर्नेमा जोड दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology