Logo बिहिवार, आश्विन १ गते २०८३
images

पेट्रोलियम पदार्थको खपत कम गर्न मोटरसाइकललाई ५ लिटर र गाडीलाई २० लिटर दिने प्रस्ताव

पेट्रोलियम पदार्थको खपत कम गर्न मोटरसाइकललाई ५ लिटर र गाडीलाई २० लिटर दिने प्रस्ताव

  • 1.5K
    SHARES

  • पेट्रोलियम पदार्थको खपत कम गर्न मोटरसाइकललाई ५ लिटर र गाडीलाई २० लिटर दिने प्रस्ताव

    बुटवल,असार २१ ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिने उपाय अघि सारेको छ । इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ । जसमा एउटा उपाय यस्ता सवारी साधनलाई कम पेट्रोलियम पदार्थ दिने पनि उल्लेख छ ।

    निगमका प्रवक्ता विनितमणि उपाध्ययकाअनुसार इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन यस्ता उपाय तत्काल अवलम्बन गर्न आग्रह गरिएको हो ।

    सोमबार बसेको निगमको बैठकले इन्धनको खपत कम गर्न तत्काल १० वटा उपाय अबलम्बन गर्न आग्रह गरिएको र त्यसमध्ये एक दुई पांग्रे र साना गाडीलाई कम मात्रामा इन्धन दिने पनि रहेको प्रवक्ता उपाध्ययले बताए ।

    ‘मोटरसाइकललाई ५ लिटर, कार र जीपलाई २० लिटर बढीमा एक पटकमा मात्रै इन्धन दिन आग्रह गरिएको छ,’ प्रवक्ता उपाध्ययले भने, ‘यसबाहेक शनिबार देशका प्रमुख शहरमा सवारी साधन निषेध गर्न लगायतका १० वटा सुझाव सरकारलाई पेश गरेका छौं ।’

    सरकारले हटाएको आइतबार सार्वजनिक बिदाको व्यवस्था पुनः लागू नगरी नहुने अवस्था आएको पनि निगमले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology