Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बाँकेको नेपालगञ्जवाट साढे २९ लाख रकमसहित १० जना जुवाडे पक्राउ

बाँकेको नेपालगञ्जवाट साढे २९ लाख रकमसहित १० जना जुवाडे पक्राउ

  • 3.6K
    SHARES

  • बाँकेको नेपालगञ्जवाट साढे २९ लाख रकमसहित १० जना जुवाडे पक्राउ

    बुटवल,कार्तिक १३ । 

    बाँकेको नेपालगञ्जवाट साढे २९ लाख रकमसहित पक्राउ परेका दश जना जुवाडेलाई प्रहरीले सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ निवासी सन्ताेष थापा, नेपालगञ्ज ६ का मेघनाथ कुचबन्दिया, नेपालगञ्ज वडा नं. ४ का नविन घिमिरे, नेपालगञ्ज वडा नं. १० का टोपबहादुर शाही, नेपालगञ्ज वडा नं. ४ निवासी पब्लु भण्डारी, सोही ठाउँका तरुण गौतम, नेपालगञ्ज वडा नं. ७ का रविन राणा, नेपालगञ्ज वडा नं. ४ का सञ्तोष वली, सोही ठाउँका कृष्णबहादुर सुवेदी र नेपालगञ्ज वडा नं. १ निवासी रहमान मिया रहेको  जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ निवासी ४६ बर्षीय कृष्णप्रशाद वलीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधवार बेलुका साढे ८ बजे प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो ।

    उक्त जुवामा छापा मार्न बाँके जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना आफै गएका थिए ।राना  नेतृत्वमा वडा प्रहरी कार्यालय र जिल्लाको टोलीले वलीको घरमा छापा हानेर खान तलासी गर्दा दश जुवाडेसहित २९ लाख ४८ हजार ७ सय रुपैंया नगद बरामद भएको एक प्रहरी अधिकारीले बताए ।

    पक्राउ परेका मध्य नेपालगञ्ज वडा नं. १ निवासी रहमान मिया नेपालगञ्जमा एकजना कहलिएका व्यापारी हुन । मुस्लिम समुदायका अगुवा समेत रहेका उनी जामा मस्जिद इदगाहा सञ्चालक समितिका पूर्व अध्यक्ष समेत हुन । पक्राउ परेका प्राय सबै व्यापारी तथा जग्गा व्यापारीहरु रहेको स्रोतले बताएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology