Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस पदाधिकारी बैठक मंगलबार बस्ने

कांग्रेस पदाधिकारी बैठक मंगलबार बस्ने

  • 1.5K
    SHARES

  • कांग्रेस पदाधिकारी बैठक मंगलबार बस्ने

    काठमाडौं, असार २०।

    नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाको विधानलाई टुङ्गो लगाउन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न काँग्रेस पदाधिकारीको बैठक मङ्गलबार बस्ने भएको छ।

     पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकको पूर्व तयारी उपसभापति पूर्णबहादुर खड्काले गर्दै हुनुहुन्छ। पार्टीका मुख्य सचिव एवम् राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद पौडेलका अनुसार, भ्रातृ तथा शुभेच्छुक संस्थाको विधानमा एकता रुपता ल्याउन र असार २७ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकका सन्दर्भमा पनि छलफल हुनेछ।

     बैठकमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र नेताहरूद्वय एनपी साउथ र गुरुराज घिमिरेलाई पनि आमन्त्रण गरिएको छ। कांग्रेसले केही समय पहिले केन्द्रीय सदस्य एनपी साउथको संयोजकत्वमा सात सदस्यीय समिति बनाएर भ्रातृ तथा शुभेच्छुक संस्थाको विधानको अध्ययन र विश्लेषण गरेको थियो।

    कांग्रेसले पाँच वटा भ्रातृ संस्थाको विधान पारित गरिसकेको छ भने अन्यको बाँकी रहेको छ। विधानको अभावमा कांग्रेसका अधिकांश भ्रातृ संस्थाको अधिवेशन हुन सकिरहेको छैन।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology